राष्ट्रिय बुदोकैदो शुक्रबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१९
  • |
  • 439 पटक हेरिएको

नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा प्रथम स्व. प्रेमकला श्रेष्ठ स्मृति कप तथा पन्ध्रौं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट तौलसमूह प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट करिब ३ सय ६० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष काजीमान श्रेष्ठले जनाएका छन् । पुरुषमा ९ र महिलामा २ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

बसन्तपुर डबलीमा हुने दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ६५ हजार रुपैयाँ खर्च हुने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal