टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रतिबन्ध, खेलाडी र मिडियालाई सिमित ठाउँमा प्रवेश गराइने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१९
  • |
  • 279 पटक हेरिएको

आसन्न टोकियो ओलम्पिकमा विदेशी दर्शकले खेल हेर्न नपाउने भएका छन । जापान सरकारले कोरोनाको संभावित संक्रमणलाई मध्यनजर गर्दै विदेशी दर्शकलाई ओलम्पिकका बेला खेल हेर्न प्रवेश नगराउने भएको छ । यो विषयमा अन्तिम निर्णय यो महिनाको अन्तिममा गर्ने बताइएको छ ।

प्रतियोगिताका बेला केहि घरेलु समर्थकको उपस्थिती रहनेमा भने आयोजकको विश्वास छ । खेलका बेला कति दर्शकलाई प्रवेश गराउने भन्ने निधो हुन बाँकी रहेको छ । यसको टुंगो अर्को महिना हुने भएको छ ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले बुधबार टोकियो ओलम्पिक आयोजक प्रमुखसँग अनलाइनमा गरेको छलफलमा विदेशी दर्शकलाई प्रवेशमा रोक लगाउनेमा निचोड निकालेको बताइएको छ ।

यसका साथै विदेशी खेलाडी, प्रशिक्षक अफिसियल र मिडियाले जापान पुगेपछि क्वारेन्टिनमा बस्न नपर्ने भएको छ । तर कोभिडको नेगेटिभ रिपोर्ट देखाउनुपनेृछ । साथै देशमा उनीहरुले जाने ठाउँलाई सिमित बनाइने भएको छ ।

तर विदेशी समर्थकका लागि त्यो कन्ट्रोल गर्न कठिन हुने भएकाले प्रवेशमा नै प्रतिबन्ध लगाउने निचोड निकालिइएको हो । टोकियोमा अझैपनि कोरोनाका कारण आपतकालिनको अवस्था छ । तर आइतबारबाट त्यो हटाइने भएको छ । त्यसको एक महिनापछि विदेशी खेलाडीले जापानमा प्रशिक्षणका लागि जान पाउने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal