नेपाल सुपर लिगले देखाएका संभावना र चुनौतीहरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१९
  • |
  • 283 पटक हेरिएको

नेपाली फुटवलको इतिहासमै पहिलो पटक फ्रेन्चाइजी लिगको पहिलो संस्करण बैशाख एघार गतेबाट सुरु हुँदैछ । जसका लागि प्रतियोगिता आयोजकले आन्तरीक रुपमा तयारी गरिरहेका छन । निजी क्षेत्रको लगानी, अक्सनबाट खेलाडी छनोट गरेर नेपाल सुपर लिग हुदैछ । यो प्रतियोगितामा विभिन्न ठूला ब्यापारी घरानाको लगानी रहनेछ । र अखिल नेपाल फुटवल संघ एन्फाको सहयोगमा हुने फ्रेन्चाइजी लिगले नेपाली फुटबलको मुहार परिवर्तन गर्ने अपेक्षा गरेको छ ।

यो प्रतियोगिता सुरु भएपछि यसका फाइदा फुटवल र खेलाडीलाई प्रत्यक्ष रुपमा हुनेछ । तर जुन अपेक्षा र हाइट यो प्रतियोगिताको सबैले सोचेका छन, त्यो कायम होला वा हुँदैन भन्ने चुनौती कायमै छ । यतिमात्र होइन, नेपालमा बर्षोदेखि भइरहेको ए डिभिजन लिगलाई कतै यो प्रतियोगिताले असर त गर्दैन भन्ने पनि प्रश्नहरु उब्जिएका छन ।

छिमेकी देश भारतमा जुन बेला क्रिकेटले सबैलाई मोहित पारेको थियो, फुटबल खेलमा त्यतिको चाँसो थिएन । तर जब इन्डियन सपुर लिग भनेर सुरुवात भयो, त्यसपछि भारतमा पनि फुटबलको क्रेज निकै बढेको थियो । लिगमा सामान्य आम्दानी गर्दै आएका खेलाडीपनि करोडौमा विक्रि भएका थिए । त्यसमा भारतीय कप्तान सुनील क्षेत्री डेढ करोडमा विक्रि भएका थिए । अहिले आइएसएल एउटा स्थापित प्रतियोगिता भइसकेको छ ।

यस्तै अवधारणाका साथ नेपालमा पनि सुरु गर्न लागिएको नेपाल सुपर लिग फुटबलको पहिलो संस्करण भने कसरी हुन्छ सुरु गरौ भन्ने किसिमले हुन लागेको छ । सन् २०१९ मा एन्फासँग चौधरी समुहले सम्झौता गर्दा होम एण्ड अवेको लिगको अवधारणा राखेका थिए । तर कोरोनाले प्रतियोगिता नै दुई बर्ष हुन सकेन । अहिलेपनि छोटो समयको तयारी र एन्फाले नै सिमित समय दिएकाले आयोजकलाई कसरी हुन्छ सुरु गरौ भन्ने मात्र आभाष भएको छ ।

त्यसैले पनि छोटो समयमा नै सक्दो तयारी गरेर प्रतियोगितालाई सम्पन्न पार्ने योजना अहिले आयोजकको रहेको छ । यसका लागि प्रायोजक खोज्ने, टिम बनाउने काम धमाधम आन्तरीक रुपमा भइसकेको छ ।

यो प्रतियोगिताका लागि ६ वटा शहरको नाममा टिम खरिद भइसकेका छन । चाँडै आयोजकले त्यसको पनि सार्वजनिक गर्दैछन । त्यसपछि खेलाडीलाई अक्सनमा राखिने भएको छ । यसका लागि एन्फाले खेलाडीको स्लट बनाउने जिम्मा लिएको छ । तर एन्फाले भने त्यो काम अझै सुरु गर्न सकेको छैन ।

यता आयोजकले ६ वटा टिमको टुंगो लागि सकेको र ६ वटै टिम विभिन्न शहरको नामबाट राखिने तयारी गरेका छन । यसका साथै प्रायोजकको टुंगो लगाउने कामपनि अन्तिम चरणमा पुगेको छ ।

नेपालका खेलाडीलाई चार श्रेणीमा राखेर पैशोको सिलिङ तोकिनेछ । त्यसैमा टिमले अक्सनमा बोली लगाउनेछन । यसका साथै हरेक टिममा तीन जना विदेशी खेलाडीलाई अनुबन्ध गर्नपाउने नियम छ ।

पहिलो बर्ष काठमाडौंमा मात्र गरेर सकिने भएपनि दोस्रो संस्करणबाट होम एण्ड अवेको अवधारणा आयोजकको छ । यसका साथै सबै टिमले आफ्नो एकेडेमीपनि सञ्चालन गर्नुपर्ने युवा खेलाडीलाई प्रशिक्षण गराउनुका साथै ग्रासरुटमा प्रशिक्षण दिनुपर्ने समेत योजना बनाएको छ ।

फ्रेन्चाइजी लिग र ए डिभिजन लिग ब्यवस्थापनमा चुनौती

सहिद स्मारक ए डिभिजन लिग नेपालको एकमात्र शिर्ष स्तरको लिग हो । यो लिगपनि ब्यवसायीक हिसावले अझैपनि पुर्ण रुपमा स्तरीय हुन सकेको छैन । छोटो समयमा लिग सक्दै आएको एन्फाले विचमा कहिले राष्ट्रिय लिग, केहि सुपर लिग भनेर निकै परिक्षण गरेको छ । अब फेरी ए डिभिजन लिगलाई होम एण्ड अवेका आधारमा खेलाएर राष्ट्रिय लिग बनाउने तयारी एन्फाको छ । यस्तैमा अर्को त्यहि प्रकारको अर्को लिग सञ्चालन हुँदा दुबैलाई ब्यवस्थापन गर्न ठूलो चुनौती एन्फासामु देखिएको छ ।

हुन त यी दुई लिगको उद्देश्य र प्रकृती फरक भएपनि उनीहरुलाई पछि एउटै गर्नुपर्छ भनेर एएफसीले नै निर्देशन दिन समय लाग्नेछैन । भारतमा अहिले दुई लिग संचालनमा छन । इन्डियन लिग र अर्काे इन्डियन सुपर लिग । यी दुवैमा भारतीय फुटवल संघको संलग्नता छ । तर एएफसीले सन २०२३–२४ को सिजन सम्म दुवै लिगलाई मर्ज गरेर एउटै बनाउन निर्देशन दिइसकेको छ ।

तर नेपाल सुपर लिगमा एन्फाको प्राविधिक सहयोग मात्र हुनेछ । यसका बाबजुत नेपाल सुपर लिग कस्तो फरम्याटको हो र यसका सिमाहरु के के हुन्छन , यो कसरी अघि बढ्छ भन्ने बारे भने समयमा नै स्पष्ट हुनु आवश्यक छ ।

नेपाली क्लबहरुले प्रायः एक सिजनका लागि खेलाडीसंग सम्झौता गर्छन । सुपर लिग हुने समयमा खेलाडी सम्झौता विहिन हुने र खाली समयमा नेपाल सुपर लिग गर्न लागिएको एन्फाको भनाइ छ । आयोजक भन्छ– सुपर लिगले एन्फाको क्यालेन्डरलाइ कुनै असर गर्दैन् । फुटवललाइ ब्याबसायिक बनाउने उदेश्यले सुरु गर्न लागिएको सुपर लिगलाइ निरन्त अघि बढाउने उसको योजना छ ।

नेपालको शीर्ष डिभिजनको लिग नै ब्याबसायिक नभएको वेला फ्रेन्चाइजी लिग सुरु भएकाले विभिन्न शंका र प्रश्न उब्जिनु स्वाभाविक हो । खेललाई ब्याबसायिक बनाउने पनि निजी क्षेत्रको लगानीले नै हो । तर नेपाली बजार कस्तो छ भन्ने सबैलाई जानकारी नै छ । एउटा केकलाई कति टुक्रा गरेर बाँढेर खाने भन्नेमात्र कुरा आउछ ।

नेपाल सुपर लिग निकै सफल भयो भने ए डिभिजन लिग ओझेलमा त पर्ने होइन भन्ने मुख्य प्रश्न रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey