राष्ट्रिय टेबल टेनिस क्याम्प सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१९
  • |
  • 778 पटक हेरिएको

बुटवल । एसियाली टेबल टेनिस युनियनको ‘एइम फर द स्टार्स’ कार्यक्रमअन्तर्गत एक साता लामो ‘राष्ट्रिय जुनियर क्याम्प’ बुधबार सम्पन्न भएको छ । एटीटीयूका प्रशिक्षक अन्सुल गर्गले कार्यक्रम सञ्चालन गरेको थियो ।

समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल टेबल टेनिस संघका केन्द्रिय अध्यक्ष चतुरानन्दराज बैद्य र जिल्ला अध्यक्ष सुरेन्द्रमान शाक्यको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा अध्यक्ष बैद्यले यसपल्टको कार्यक्रम निकै सफल रहेको बताउनु हुँदै यो कार्यक्रमले नेपाली टेनिसलाई नयाँ स्टार खेलाडी उत्पादन गर्न मदत मिल्ने बताए ।

प्रशिक्षक गर्गले पनि मोफसलका किशोर खेलाडीको प्रदर्शनले आफू प्रभावित भएको बताउनु भयो । उहाँले कार्यक्रममा सहभागी कुल २७ खेलाडीमध्येबाट ब्वाइजमा पाँच र गल्र्समा पाँच उत्कृष्ट खेलाडी पनि चयन गरेकाे थियो ।

उहाँले ती दस खेलाडीलाई भारतको नयाँ दिल्लीमा रहेको आफ्नो एकेडेमीमा एक महिनाका लागि प्रशिक्षकको छात्रवृति प्रदान गर्ने पनि घोषणा गरेको थियो ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी नेपाली टेबल टेनिस खेलाडीले प्रतियोगिता अगाडि गर्गकै त्यस एकेडेमीमा एक महिना विशेष प्रशिक्षण लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey