डल्फिनफिड र रुकुम पश्चिम खुला भलिबलको उपाधिका लागि खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१९
  • |
  • 347 पटक हेरिएको

लक्ष्मण बस्नेत । दाङको तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको खुला भलिबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । अरनिको मैदानमा रहेको कोर्टमा उपाधिका लागि डल्फिन फिड कैलाली र रुकुम पश्चिम उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघ को आयोजनामा जारी  प्रतियोगिताको मंगलबार भएको रोमाञ्चक पहिलो सेमिफाइनल खेलमा पि.वाई.सि. रुकुमलाई २५-२०,२५-१६ र २५-१० को अर्थात ३-० को सोझो सेटमा पाखा लगाउदै डल्फिन फिड कैलालीले फाइनल यात्रा तय गरेको हो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा हिरा डाँगी फाउन्डेसन तुलसीपुरलाई २५-१७,२५- १९ र २५ -१८ को अर्थात ३-० को सोझो सेटमा पाखा लगाउदै पश्चिम रुकुमले फाइनलमा डल्फिनफिड कैलालीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

उपाधि होडमा रहेका दुबै टिममा राष्ट्रिय खेलाडीको वर्चश्व रहेकाले फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । खेल दिउँसो २ बजे देखि शुरु हुने प्रतियोगिता मुल समिति का संयोजक एवं नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र बहादुर चन्द ले जानकारी दिए ।

त्यस्तै तृतीय स्थानका लागि आज बिहान हिरा डाँगी फाउन्डेसन तुलसीपुर र पिवाईसी रुकुम भिड्नेछन् । सबैका लागि खेलकुद खेलकुदमा नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्य लिएर आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालित प्रतियोगिताको बिजेता, उपबिजेता,  तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः नगद एक लाख, पचास, पच्चीस र १५ हजार नगद पुरस्कार पाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey