‘रंगशाला निर्माणमा थकित होइन बढी चिन्तित छु’-सिताराम कट्टेल (धुर्मुस) अन्तर्वार्ता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१८
  • |
  • 983 पटक हेरिएको

नेपाल सरकारले हरेक प्रदेशमा क्रिकेट रंगशाला बनाउने भनेर घोषणा गरेपनि बोलिमा मात्र सिमित भइरहेका बेला धुर्मुस सुन्तली फाउन्डेसले चितवनमा गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणको काम जारी राखेका छन ।

एउटा फाउन्डेसनले सुरु गरेको सो रंगशालाको काम सुरु नहुँदै विभिन्न बाधाहरु आइपरे । त्यहिपनि उनीहरुले आफ्नो अठोटलाई जारी नै राखे । अहिले रंगशालाको मैदानको काम ८५ प्रतिशत सकिएको छ भने प्यारापिटको काम पनि ३० प्रतिशत सकिएको भनिएको छ । तर अहिले आएर सो रंगशाला निर्माणमा आर्थिक समस्या देखिन थालेको छ । तीन अर्बको लगानी रहेको यो रंगशाला निर्माणमा भोगेका कठिनाईबाट अझैपनि बिचल्लित भने भएका छैनन् ।

आर्थिक समस्याबाट गुर्जिनुपरेपनि आफुहरु इमान्दारीताका साथ काम गरिरहेको र अहिलेसम्म विभिन्न ब्यवसायीले उदारो पत्याइरहेको धुर्मुसले नेप्लेजसँगको अन्तरवार्तामा बताए । साथै उनले यो काम आफ्ना लागि भन्दापनि देशका लागि गरेको र क्रिकेटको मन्दिप बनिरहेकाले सबैको साथ पाउने अझैपनि विश्वास रहेको बताए ।

उनले आफ्नो ब्यक्तिगत फाइदाका लागि भन्दापनि सबै क्रिकेट प्रेमी र खेलाडीका लागि काम गरिरहेको र आफु मरेर गएपनि त्यो काम यसले गरेको हो भन्ने इतिहास कायम रहन्छ भन्ने हेतुले पनि आफ्नो सबैकुरा दिएर काम गरिरहेको बताए ।

उनले यो परियोजनालाई आफ्ना तन मन र धन नै प्रयोग गरिरहेकाे र नसकिदासम्म कायम रहने बताए । काम समयमा सकिन्न की भन्ने चिन्ता भएपनि अझै नथाकेको उनले प्रष्ट पारे ।

हेराै धुर्मुससँगकाे अन्तरवार्ता

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal