दुर्घटनामा घाइते क्रिकेटर साहले एउटा आँखाको ज्योति गुमाए

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१८
  • |
  • 242 पटक हेरिएको

दुर्घटनामा घाइते भएका युवा अलराउण्डर मणिरत्न कुमार साह अहिले उपचारका लागि भारतमा रहेका छन् ।

फागुन १ गते चितवनबाट मोटरसाईकलमा काठमाडौं फर्किदा विपरित दिशाबाट गइरहेको मोटरसाइकलले ठक्कर दिएपछि साह घाइते भएका हुन् । दायाँ आखाँमा गम्भीर चोट बोकेका उनको बायाँ खुट्टा र दायाँ हात पनि भाँच्चिएको छ ।

नेप्लेजसँग मंगलबार विहान ह्वाट्सएपमा कुरा गर्दै उनै साहले अहिले टाउकोमा चोट लागेको र आफूले राम्रोसँग कान पनि नसुनेको बताए । यसैगरी दाहिने आखाँले पनि कम देख्ने जानकारी दिएका थिए ।

काठमाडौंमा उपचार गराउँदा आखाँको ज्योति फर्कने सम्भावना कम भनेर चिकित्सकले जवाफ दिएपछि उनी भारत पुगेका थिए । २२ वर्षिय साहलाई घर परिवारले नै उपचारका लागि खर्च गरिरहेको छ ।

यो समाचार दिउँसो लेख्दै गर्दा उनै साहले ह्वाट्सएपमा भने ‘दाहिने आँखाको ज्योती फर्कदैन रे ।’

अब कानको उपचार शुरु गर्ने पनि उनको भनाई छ । ‘आँखाको रिपोर्ट यस्तो आइसकेपछि अब कानको चेकअपमा लाग्छु’ उनले भने । कान अहिले कम सुन्ने अवस्थामा रहेको बताउँदै म्यासेज पनि अरुले लेख्नु पर्ने अवस्थामा रहेको पनि जानकारी दिए ।

रौतहटको गरुडाका साहले अब आफ्नो क्रिकेट करियर सकिए पनि आफू भन्दा पछिका खेलाडीहरुका लागि भने सधै काम गर्ने पनि बताए ।
साह नेपालबाट अलराउण्डरको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा रहेका थिए । उनले थाइल्याण्ड, श्रीलंका, मलेसिया र भारतमा आयोजित प्रतियोगितामा नेपालबाट खेलिसकेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey