जिआरकाे रुपन्देही सुपर लिगमा विजयी सुरूवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१८
  • |
  • 306 पटक हेरिएको

एक्सपर्ट जिआरले रुपन्देही सुपर लिग क्रिकेटको समुह बी मा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा उसले देवदह क्रिकेट क्लबलाई सात विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ राजेको देवदहले ३१ ओभर चार बलमा सबै विकेट गुमाएर मात्र एक सय १२ रन बनायो । जसमा बिक्की कार्कीले ३२, अर्जुन रायमाझीले २५ र सुभम ढकालले २० रन बनाए ।

देवदहलाई सस्तैमा रोक्न नितेश थापाले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए ।

जवाफी ब्याटिङ गरेको एक्सपर्ट जिआरले १९ ओभर एक बलमा लक्ष्य पूरा गर्यो । उसकालागि राजबिर सिंहले ४३, सन्दिप सुनारले २२ र बिशाल भुसालले १९ रन जोडे । म्यान अफ दी म्याच नितेश थापा भए ।

भोली समूह ‘सी’ अन्तरगत होराइजन क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey