दशरथ चन्द नगरपालिकामा मेयर कप क्रिकेट शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१८
  • |
  • 564 पटक हेरिएको

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा मंगलबारदेखि चौथो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले गरे ।

उद्घाटन खेलमा वडा नं १० बाराकोटले शानदार जित हात पारेको छ । उसले वडा नं १ गुरुखोलालाई १० विकेटले स्तब्ध पारेको हो । गुरुखोलाले दिएको ९७ रनको लक्ष्य बाराकोटले ८ दशमलव ४ ओभरमा विना विकेटको क्षतीमा पुरा गर्‍याे ।

जसमा डम्बर बुडाल ४९ र प्रकाश बुडाल ३६ रनमा अविजित रहे । यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिला व्याटिङ गरेको गुरुखोला ९६ रनमा समेटियो ।

उसका लागि सुरेश भाटले सर्वाधिक ३९ रनको योगदान गरे । बाराकोटका प्रकाश बुडाल र प्रेम बुडाल समान ३-३ विकेट हात पारे । व्यक्तिगत ४९ रन बनाएका बाराकोटका डम्बर बुडाल म्यान अफ द म्याच चुनिएका स्कोरर खेमराज भट्टले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत बुधबार २ खेल हुने भएका छन् । पहिलो खेलमा वडा नं १ र ७ भिड्दा दोस्रो खेलमा वडा नं ४ र ९ आमने सामने हुने भएका छन् ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा शुरु भएको प्रतियोगितामा ११ टोली सहभागी रहेका छन् ।

फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले ७५ हजार पुरस्कार पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताए ।

यस्तै उपविजेता टोलीले ५० हजार पुरस्कार हात पार्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey