मेयर कप क्रिकेटकाे पहिलाे खेलमै आर्मी र एपीएफ भिड्ने (तालिकासहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१८
  • |
  • 309 पटक हेरिएको

काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको खेल तालिका प्रकाशित गरिएको छ । २२ गतेदेखि कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि ५ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

हालै भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका चार र काठमाडौं महानगरप पालिकाको एउटा टिम गरि पाँच टिमले प्रतिस्पर्धा गर्ने हुन् ।

प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका थिए । यसैगरी काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रर्दशन गर्ने बाँकी प्रदेशका खेलाडीहरुलाई समेटर टिम बनाएको छ । उक्त टिममा १४ वर्षिय अर्जुन कुमालसहितका खेलाडीहरु रहेका छन् ।

प्रतियोगिताको पहिलो दिननै २ वटा खेल हुने छन् । मूलपानी मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी सोही दिनमै कीर्तिपुर मैदानमा त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लब आमने सामने हुने छन् । यी दुई टिम प्रधानमन्त्री कपको फाइनलमा पनि भिडेका थिए । जसमा आर्मीले एपीएफलाई हराउँदै उपाधि जितेको थियो ।

यसैगरी दोस्रो दिन २३ गते नेपाल एपीएफ र नेपाल पुलिसले कीर्तिपुरमा प्रतिस्पर्धा गर्दा मूलपानी मैदानमा काठमाडौं मेयर एघार र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने छ । २४ गते एउटा मात्रै खेल हुने छ ।

उक्त दिन आर्मी र काठमाडौं मेयर ११ बीच कीर्तिपुर मैदानमा प्रतिस्पर्धा हुने छ । २५ गते बागमती र एपीएफले कीर्तिपुरमा खेल्दा मूलपानीमा नेपाल पुलिस र आर्मीबीच प्रस्पिर्धा हुने छ ।

२६ गते काठमाडौं र पुलिसले कीर्तिपुर मैदानमा खेल्ने छन् । यस दिन मूलपानी मैदानमा खेल हुने छैन् । त्यसैगरी बागमती र आर्मीले कीर्तिपुरमा प्रतिस्पर्धा ग्र्दा मूलपानीमा एपीएफ र काठमाडौं मेयर ११ बीच प्रतिस्पर्धा हुने छ । समूह चरणका खेल सकिए पछि २८ गते विश्राम दिइएको छ भने फाइनल खेल २९ गते कीर्तिपुर मैदानमा हुने छ ।

प्रतियोगिताको लिग चरणको शीर्ष २ टिमले फाइनल खेल्ने छन् । काठमाडौं महानगरपालिकाको सहयोगमा हुन लागेको यो प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख र उप विजेता टिमले ३ लाख पाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey