Mega Bank

पोखरा रंगशाला निर्माणमा बजेटको कमी हुँदैन-प्रधानमन्त्री ओली (भिडियो)

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-११-१७
  • |
  • 154 पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रंगशाला निर्माणको काम चाँडै सम्पन्न हुने बताएका छन । पोखरा रंगशालामा रहेका पुर्वाधार निरिक्षणका लागि पुगेका ओलीले यो रंगशालालाई पुर्ण रुपमा चाँडै सम्पन्न गर्नुपर्ने र त्यसका लागि बजेटको अभाव नहुने बताए ।

पुर्वाधार निर्माणमा सरकारले पनि सहयोग गर्ने र यो रंगशालालाई पुर्णता दिन कति रकम चाहिन्छ सरकारसँग माग गरे हुने बताए ।

प्रधानमन्त्री ओली रंगशाला पुग्दा उनलाई भब्य स्वागत गर्न खेलकुद पदाधिकारीको भिड नै थियो । काठमाडौंबाट नै राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी पोखरा पुगेका थिए ।

हेरौ प्रधानमन्त्री ओली पोखरा रंगशाला निरिक्षणको भिडियो

भर्खरै

Advertisement