बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१७
  • |
  • 368 पटक हेरिएको

बुटवल एघारलाई पराजित गर्दै बुद्ध क्रिकेट क्लब रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।

समूह ‘ए’ अन्तरगत आज भएको खेलमा बुटवल ११ माथि सात रनको जीत निकाल्दैै बुद्ध क्रिकेट क्लब समूह बिजेता बनेको हो । टस जितेर ब्याटिङमा आएको बुद्धले ४७ ओभर दुई बलमा सबै विकेट गुमाउँदै एक सय ९९ रन बनायो ।

जसमा रिजन प्राजोले ३५, मिथिलेश यादवले २९ र अमित अग्रहरीले २४ रन बनाए । बलिङमा बुटवल एघारका सुदन श्रेष्ठ र प्रकाश केसीले तीन÷तीन विकेट लिए ।

जवाफी ब्याटिङमा आएको बुटवलले एक सय ९२ रन मात्र बनाउन सक्यो । उसकालागि सोनु तामाङले ४८ र हिमाल पुनले ४३ रन जोडे पनि जितकालागि पर्याप्त हुन सकेन ।

बुद्धका अमित अग्रहरीले तीन तथा अजेय त्रिपाठी र रुपेश कुर्मीले दुई÷दुई विकेट लिए । म्यान अफ दी म्याच अमित अग्रहरी भए । भोली समूह बी अन्तरगत एक्सपर्ट जिआर र देवदह क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey