‘म पनि टोले खेलाडी थिए’– प्रधानमन्त्री ओली

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१७
  • |
  • 521 पटक हेरिएको

ऋषिकान्त पौडेल

पोखरा | प्रधानमन्त्री केपी शर्मा ओलीले आफु जवान छँदा टोले खेलाडी रहेको बताएका छन् । पोखरा रंगशाला निरीक्षणका क्रममा खेलाडीहरुलाई सम्बोधन गर्दै उनले जवानीमा छँदा आफु टोले खेलाडी हुदै जिल्लास्तर सम्मको खेलाडी रहेको स्मरण गरेका हुन् । सबै युवाहरु आफ्नो जवानीमा एक खालको खेलाडी बन्ने उल्लेख गर्दै ओलीले भने – ‘म पनि टोले खेलाडी थिएँ, जिल्ला सम्मको खेलेँ ।’

ओलीले आफु ब्याडमिण्टन खेलाडी भएको बताए । आफुलाई जुन खेल खेल्न सक्छु जस्तो लाग्छ खेलाडीले त्यसैमा रुची राख्नुपर्ने उनको भनाई थियो । ‘मलाई बास्केटबल खेल्न मन पथ्र्यो तर म पातलो ज्यान भएको मान्छे , अरु खेलाडीसँग छोईएर खेल्न सकिन । अरुसँग नछोई खेल्न मिल्ने खेल भएकैले ब्याडमिण्टन तिर लागेँ ।’

धेरै वर्ष अगाडी पोखरा रंगशालाको कभर्डहलमा आफुले ब्याडमिण्टन खेलेको पनि प्रधामन्त्री ओलीले स्मरण गरे ।

नेपालले खेल क्षेत्रमा उल्लेख्य प्रगति गरीरहेको फेहरीस्त सुनाएका प्रधानमन्त्री ओलीले खेलाडीमा ईमान्दारीता हुनुपर्ने आवश्यकता औल्याए । ईमान्दार भएर खेल्ने हो भने नेपाली खेलाडीलाई कसैले उछिन्न नसक्ने पनि उनको दावी थियो ।

खेलाडीलाई प्रोत्साहन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका ओलीले खेल प्रशिक्षकलाई पनि निर्देशन दिन भ्याए । उनले भने ‘तपाईहरुले आफ्नो समयको भन्दा नयाँ दुनियाँ, आधुनिक टेक्निकको प्रयोग गरेर प्रशिक्षण दिनुस् ।’ खेलाडीलाई उत्तेजित बनाउने औषधीले सफलता होईन कारवाही मात्रै भोगाउने भन्दै मेहनत र सिपसहित खेल्नुपर्नेमा उनको जोड रहेको थियो ।

पोखरा रंगशाला निर्माण हुनु पोखरा, गण्डकी प्रदेश र नेपालको मात्र नभई दक्षिण एसीयाकै उपलब्धी भएको प्रधानमन्त्रीको विश्वास छ ।

४ महिनाको अवधीमा भईरहेको काममा सन्तोष जनाएका उनले अहिले अस्थायी किसीमको रंगशाला देखिएपनि स्थायी रंगशाला बनाउन केन्द्र सरकारले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । ‘अहिले अस्थायी देखिन्छ तर यसको पूर्णता दिन केन्द्र सरकारले के के गर्नुपर्छ प्रदेश सरकार र खेलकुद परीषदका साथीहरुले मलाई बताउनुभए हुन्छ । ’

नबौं राष्ट्रिय खेलकुदको विषयमा भने प्रधानमन्त्रीले खासै केहि पनि बोलेनन् । उनले खेलाडी केहि सुस्त भएको र दिमाग तेज चलाउनु पर्ने देखिएको समेत बताए ।

तस्विरः सुदर्शन रञ्जित

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey