मेयर कपका लागि काठमाडौं ११ टिमको घोषणा (लिस्टसहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१७
  • |
  • 327 पटक हेरिएको

काठमाडौैं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको मेयर कप क्रिकेट प्रतियोगिताका लागि घरेलु टोलीको घोषणा गरिएको छ ।

हालै प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा खेलेका प्रदेश टिमका उत्कृष्ट खेलाडीलाई समावेश गरि काठमाडौं महानगरपालिकाले १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

यसको संयोजनको काम पनि क्यानले नै गरेको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले सोमबार एक विज्ञप्ति जारी गरी १५ सदस्यीय टिम छनोट भएको र टिमको नाम काठमाडौं मेयर ११ रहेको पनि जानकारी दिएका छन् ।

१५ सदस्यीय टिममा सिद्धान्त लोहनी, विवेक यादव, अर्जुन कुमाल, सौरभ खनाल, विक्रम भुसाल, अनुज चुनारा, रविन्द्र जंग शाही, नारायण जोशी, हरिशंकर साह, विपिन खत्री, कृष्ण कार्की, अनिल खरेल, सन्दीप रजाली, विपिन रावल र खडग बहादुर बोहोरा रहेका छन् ।

यो प्रतियोगितामा प्रधानमन्त्री कपको सेमिफाइनल खेलेका चार टिमहरु त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस र बागमती प्रदेशका साथै काठमाडौं मेयर ११ गरि ५ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता २२ गते शनिबारदेखि २९ गतेसम्म सञ्चालन हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey