गौतमबुद्ध रंगशाला निर्माणमा ११ करोड भन्दा बढि उधारो, संकलन कम खर्च धेरै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१७
  • |
  • 315 पटक हेरिएको

चितवनमा निर्माणाधिन गौतमबुद्ध रंगशालामा अहिलेसम्म आर्थिक संकलन भएको भन्दा करिव ११ करोड रुपैयाँ बढि खर्च भएको छ ।

सो रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनले सार्वजनिक गरेको हिसावकितावमा तीन अर्व ५५ करोडको लगानी रहेको सो रंगशालामा अहिलेसम्म ३२ करोड ३० लाख २४ हजार रुपैयाँ उठेको र खर्च ४३ करोड, ४८ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

जसका कारण ११ करोड १७ लाख रुपैयाँ आम्दानी भन्दा बढि खर्च भएको जानकारी दिएको छ । रंगशाला निर्माणका लागि हुने कुल लागतको नौ दशमलव १० प्रतिशत मात्र रकम संकलन भएको जानकारी दिएको छ ।

रंगशालाको मैदानको काम ८५ प्रतिशत सम्पन्न भएको र प्यारापिट अन्तर्गतको काम करिव ३० प्रतिशत सकिएको बताएको छ ।

रंगशाला निर्माणका लागि बागमती प्रदेशले तीन करोड, भरतपुर महानगरपालिकाले आठ करोड, ललितपुर महानगरपालिकाले २० लाख, रत्न नगरपालिकाले ३० लाख, गरेर कुल ३२ करोड ३० लाख रुपैयाँ संकलन भएको बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey