एक लाख रुपैयाँ सहयोग गरेमा गौतमबुद्ध रंगशालाको कुर्सीमा आफ्नो र परिवारको नाममा राख्न पाइने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१७
  • |
  • 415 पटक हेरिएको

चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ ।

फाउन्डेसनले पत्रकार सम्मेलन गरेर हाम्रो रंगशाला मेरो कुर्सी नाम अभियानको थालनी गरेको हो । जसमा कुनैपनि ब्यक्तिगत प्यारापिटमा आफ्नो र परिवारको नामको कुर्सी राख्न पाउने भएको छ ।

तर त्यसका लागि कुनैपनि ब्यक्तिले फाउन्डेसनलाई कम्तिमा एक लाख रुपैयाँ सहयोग गर्नुपर्नेछ । रंगशाला निर्माणका लागि आर्थिक संकलन जुटाउन फाउन्डेसनले यस्तो अभियानको सुरुवात गरेको हो ।

जनस्तरबाट आर्थिक संकलन गरेर रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई अहिले आएर आर्थिक समस्या बढेको छ ।

तीन अर्वको लगानी रहेको सो रंगशाला निर्माणका लागि यति यो अभियान सफल भएमा राम्रो आर्थिक संकलन हुने अपेक्षा गरेको छ ।

२० बिघा क्षेत्रफलमा निर्माण भइरहेको रंगशालाको फाउन्डेसनको काम सकेर प्याराफिटको फाउन्डेसनको काम भइरहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey