Mega Bank

नवाैं राष्ट्रिय खेलकुद अर्काे बर्षकाे मंसिर वा फागनुमा गर्ने याेजना !

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-११-१६
  • |
  • 305 पटक हेरिएको

गण्डकी प्रदेशमा हुने नबौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७८ सालको मंसिर या फागुनमा गर्ने योजना रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले बताएका छन ।

यो बर्ष आयोजना गर्ने तालिका रहेपनि विभिन्न कारणले हुन नसक्ने पक्का भएपछि परिषद्ले अर्को बर्षको चाँडोमा मंसिर र ढिलोमा फागुनमा गर्ने योजना रहेको सिलवालले बताए । तर त्यसका लागि पुर्वाधारको तयारी, आधिकारीक निर्णय हुन बाँकी रहेको बताए ।

हरेक दुई बर्षमा यो प्रतियोगिता हुनुपर्नेमा पछिल्ला केहि संस्करणदेखि चार पाँच बर्षसम्म पनि यो प्रतियोगता हुन सकेका छैनन् । यस्तैमा यो नबौं राष्ट्रिय खेलकुद प्रतियोगितापनि त्यसैको चुपुवामा परेको छ ।

स्थानीय स्तरमा यो प्रतियोगिता गर्नका लागि गण्डकी प्रदेशले तदारुकता देखाएपनि केन्द्रिय स्तरबाट नै खासै चासो नदिएको भन्ने आरोप पनि लागेको थियो । परिषद्ले यसअघि बोर्ड बैठकबाट नबौं राष्ट्रिय खेलकुदको तय गरिने बताएको थियो । तर अहिलेसम्म राखेपको बोर्ड बैठक बस्न सकेको छैन ।

यसअघिको मिती अनुसार नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुनको २१ देखि २८ सम्म गर्ने तालिका थियो । यहि बिचमा कोरोनाको महामारी आएको र अब खेलाडी छनोट लगायत अन्य कामका कारण पनि यो प्रतियोगिता यो बर्ष नहुने भएको हो । परिषद्का सदस्यसचिव सिलवालले यसअघि नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नका लागि कम्तिमा तीन महिनाको छनोट प्रक्रिया नै लाग्ने बताएका थिए । उनले स्थानीय छनोटका लागि १५ दिन, जिल्लाका लागि एक महिना र प्रदेशका लागि एक महिनाको समय लाग्ने भनेका थिए । तर पनि बजेटका कारण यो प्रतियोगिता यो बर्ष नहुने पक्का भएको हो ।

अब परिषद्ले अर्को बर्षको मंसिर वा फागुनमा गर्ने योजना बनाएको छ । सिलवालले प्रतियोगिता गण्डकी प्रदेशमा चाँडोमा अर्को बर्षको मंसिरमा र ढिलोमा फागुनमा गर्ने बताए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएपछि दुई बर्षमा नै गर्ने योजनाका साथ गण्डकीलाई जिम्मा दिएको थियो ।

त्यसपछि स्थानीय स्तरमा तयारी भएपनि पर्याप्त बजेट र अन्य कारणले एक बर्ष ढिला हुने भएको हो । पोखरामा यो प्रतियोगिताका लागि पुर्वाधारको समस्या नभएपनि आयोजना गर्नका लागि बजेट नै मुख्य चुनौती बनेको थियो । सरकारले पनि यो प्रतियोगिताका लागि उपयुक्त बजेट विनियोजन गरेको थिएन । यता प्रदेश सरकारले यो प्रतियोगिताका लागि आवश्यक बजेट दिने भनिसकेको छ ।

नेपालमा २०३८ सालबाट सुरु भएको खेलकुदको मेला हरेक दुई बर्षमा गर्ने भनिएपनि अहिलेसम्म आठ संस्करणमात्र भएका छन ।

भर्खरै

Advertisement