टोकियो ओलम्पिकः एक महिनामा एक हजार स्वयंमसेवकले काम छोडे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१३
  • |
  • 420 पटक हेरिएको

महिलालाई अपमान हुने तरिकाको अभिब्यक्ति दिएपछि पदबाट राजिनामा दिएका योसिरो मोरी बाहिरीएपछि पछिल्लो एक महिनामा टोकियो ओलम्पिकका लागि नाम दर्ता गरेका एक हजार जना स्वयंसेवकले नाम फिर्ता लिएका छन ।

लैगिंक विभेद हुने अभिब्यक्तिका कारण पदबाट राजिनामा दिएर नयाँ प्रमुख चयन भएपछि स्वयंसेवकले काम छोड्ने क्रम बढेको छ । जसमा पछिल्लो एक महिनामा मात्र एक हजार जना पुगेका छन ।

विभिन्न खेलस्थल, भाषा रुपान्तरण, विदेशी पाहुनालाई घुमाउनका लागि छानिएका एक हजार स्वयंमसेवकले काम नगर्ने भन्दै छोडेको रोयटर्सले जनाएको छ ।

यसरी स्वयंमसेवकले काा छोड्न थालेपछि आयोजकलाई अर्को चुनौती थपिएको छ । कोरोनाका कारण एक बर्ष सरेको टोकियो ओलम्पिक फेरी यो बर्षपनि तोकेको समयमा नै हुन्छ की हुँदैन भन्ने अन्योलको अवस्था कायमै छ ।

टोकियो ओलम्पिक आयोजकले स्वयंमसेवकले यसरी छोड्नुको कारण मोरीको अभिब्यक्ति हरेको बताएका छन । यसका साथै पछिल्लो पटक कोरोनाको प्रभावपनि अर्को कारण रहेको बताइएको छ ।

टोकियो ओलम्पिकका लागि कुल ८० हजार स्वयंमसेवक आवश्यक पर्ने आयोजकले बताएका छन । त्यसमा पनि थप ३० हजार स्वयंमसेवक टोकियो सरकारले नै जुटाएको छ । तर यसरी छोड्ने क्रम जारी रहेकाले अझै कतिले काम गर्न नचाहनेहुन भन्ने एकिन छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey