राष्ट्रिय भलिबल टिमलाई केल्मेको प्रायोजन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१०
  • |
  • 432 पटक हेरिएको

नेप्लेज । नेपाल राष्ट्रिय भलिवल टिमलाई खेल सामाग्री उत्पादन कम्पनी केल्मेले मुख्य प्रायोजन गरेको छ । काठमाडौँमा एक कार्यक्रम आयोजना गरि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र केल्मेका लागि आधिकारिका विक्रेता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक प्रदीप न्यौपानलेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

केल्मीले नेपाली राष्ट्रिय भलिबल टिमसँग २ वर्षका लागि सम्झौता गरेको छ । सम्झौताअनुसार केल्मेले नेपाली टिमलाई २० सेट प्लेइङ जर्सि ,२५० बल र ५० थान नेट उपलब्ध गराउने छ । यस्तै महिला र पुरुष खेलाडीलाई १४ सेट नी क्याप पनि उपलब्ध गराउने छ भने आवश्यकताअनुसार प्रशिक्षकलाई जर्सि पनि उपलब्ध गराउने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey