घरेलु मैदानमा काडिजबिरुद्ध खेल्दै बार्सिलोना

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-०९
  • |
  • 275 पटक हेरिएको

नेप्लेज । ला लीगामा आज तेश्रो स्थानको बार्सिलोनाले काडिजबिरुद्ध आफ्नो घरेलु मैदानमा खेल्दैछ । बार्सिलोना यस समय ला लीगा अंकतालिकाको शिर्ष स्थानको एट्लेटिको मड्रिडकोभन्दा ९ अंकले पछाडि रहेको अवस्था छ । काडिज भने अंकतालिकाको १५ औँ स्थानमा रहेको छ ।

बार्सिलोनाले गत ७ खेलमा निरन्तर जित निकाल्न सफल रहेको छ । उसले गत खेलमा अल्भसलाई ५–१ ले पराजित गरेको थियो । तर च्याम्पियन्स लिगमा भने बार्सिलोना पीएसजीबिरुद्ध ४–१ ले पराजित भएको थियो ।

स्पेनिश प्रतिद्धन्द्धी रियल मड्रिडभन्दा ३ अंकले पछि रहेको सन्दर्भमा बार्सिलोनाको लागि उपाधि दाबेदारी जटिल बन्दै गएको देखिन्छ । त्यस्तै काडिजले भने गत ४ खेलमा हार बेहोरेको छ । उसले सेभिल्ला,एट्लेटिको मड्रिड,रियल मड्रिड र एथ्लेटिक बिल्बाओबिरुद्ध हार बेहोरेको छ ।

 

काडिजबिरुद्ध अन्शु फाती र सेर्जियो रोबेर्टोले इन्ज्युरीको कारण खेल्ने छैनन् ।बार्सिलोनाको टिममा पिके,अल्बा,पेद्री,डि योङ,मेस्सी,ग्रिजम्यान लगायतका खेलाडी रहेका छन् भने काडिजको टिममा मउरो,सान्चेज,लोजानो लगायतका खेलाडी रहेका छन् । बार्सिलोना र काडिजबिचको खेल नेपाली समयअनुसार आज साँझ ६ः४५ बाट बार्सिलोनाको मैदान नोउ क्याम्पका शुरु हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal