नयाँ क्लब खोज्न आफ्ना एजेन्टलाई रोनाल्डोको निर्देशन !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-०९
  • |
  • 185 पटक हेरिएको

नेप्लेज । इटालियन क्लब युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना एजेन्टलाई नयाँ क्लब खोज्नका लागि निर्देशन दिएको बताइएको छ ।

रोनाल्डो अहिले युभेन्टसमा आफ्नो तेश्रो सिजन बिताइरहेका छन् तर उनी युभेन्टसको साथमा च्याम्पियन्स लिग जित्न भने असफल रहेका छन् । उनको च्याम्पियन्स लिग जित्ने सपना गत दुई सिजनमा आयाक्स र ल्योनले चकनाचुर पारेको थियो ।

रोनाल्डोले खेलको नतिजा परिवर्तन गर्न नसकेकोमा विभिन्न आलोचना हुँदै आएका छन् । यतिसम्म आलोचना कि उनी अहिले क्लब छाड्ने मनासयमा पुगेका छन् । रोनाल्डो र युभेन्टसबिचको सम्झौता सकिन केही वर्ष बाँकी रहेको छ । यस्तैमा उनले आफ्ना एजेन्टलाई नयाँ क्लब खोज्नका लागि निर्देशन दिएको एजेन्सीले बताएको छ ।

 

युभेन्टसले सिरी ए मा उत्कृष्ट नतिजा निकाल्न नसके पनि रोनाल्डो भने लिगका शिर्ष गोलकर्ता हुन् । इन्टर मिलानका रोमेलु लुकाकु र रोनाल्डो दुबैको समान १६ गोल रहेको छ ।

युभेन्टस यस समय लिगको शिर्ष स्थानमा रहेको इन्टर मिलानभन्दा ८ अंकले पछि रहेको छ । विश्वका उत्कृष्ट खेलाडीको रुपमा रहेका रोनाल्डोलाई युभेन्टसले क्लब छाड्न नदिने योजनामा देखिन्छ । रोनाल्डोले युभेन्टसलाई ठुला हारबाट जोगाउँदै आएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey