पीएसजीमै बस्न एम्बाप्पेलाई फ्रेन्च खेलकुदमन्त्रीको अनुरोध !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-०९
  • |
  • 363 पटक हेरिएको

नेप्लेज । फ्रेन्च क्लब पीएसजीका युवा स्टार किलियन एम्बाप्पेको करियरको विषयले फ्रेन्च राजनितीमा पनि प्रवेश पाएको छ । एम्बाप्पेले लिग वान छाड्ने कुरा चलिरहँदा फ्रान्सका खेलकुदमन्त्रिले भने एम्बाप्पे फ्रेन्च लिगमै रहनु आवश्यक रहेको बताएका छन् ।

गतहप्ता च्याम्पियन्स लिग अन्तिम १६ मा उनले बार्सिलोनाबिरुद्ध उसकै घरेलु मैदान नोउ क्याम्पमा ह्याट्रिक गर्दै टिमलाई महत्वपुर्ण जित दिलाएका थिए । सोही समयदेखि एम्बाप्पेको चर्चा झनै चुलिएको छ । पीएसजीले नेयमारलाई क्लबमै राख्नका लागि सम्झौता लम्ब्याएको छ तर एम्बाप्पेसँग भने कुनै नयाँ सम्झौता भैसकेको छैन ।

 

‘मैले एम्बाप्पेलाई फ्रान्समै रहनको लागि अनुरोध गरेको छु,हामीलाई उनको आवश्यक छ’ फ्रान्सका खेलकुदमन्त्री रोजना मारासिनेनूले बताएका छन् ।

‘हामी उनलाई यसरि नै खेलेको हेर्न चहान्छौँ,पीएसजीलाई एम्बाप्पेको जरुरत छ,समर्थकहरुलाई उनको जरुरत छ भने उनलाई देखेर अन्य युवा खेलाडीहरुले पाठ सिक्नेछन्’ खेलकुदमन्त्री रोजनाले भनेका छन् ।

एम्बाप्पेले भने एक खेलबाट आफ्नो भविष्यबारे हतारमा निर्णय लिनु मुर्खता हुने र आफु पीएसजीमा एकदम खुशी रहेको बताउँदै आएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey