इंग्ल्याण्डविरुद्ध टी २० खेल्ने भारतीय टिम घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-०९
  • |
  • 273 पटक हेरिएको

इंग्ल्याण्डविरुद्धको पाँच वटा टी २० म्याचका लागि भारतीय टिमको घोषणा गरिएको छ ।

१९ सदस्यीय टिममा नयाँ खेलाडीले पनि स्थान बनाएका छन् । टिममा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि स्थान सुरक्षित गरेका छन् । अस्ट्रेलिया भ्रमणमा पन्तले सिमित ओभरमा खेल्न पाएका थिएनन् ।

रोहित शर्माले पनि इंग्ल्याण्ड सिरिजमा कमब्याक गरेका छन् । युएईमा भएको आईपीएल क्रिकेटमा घाइते भएपछि रोहित सिमित ओभरको फरम्याटमा खेलेका थिएनन् ।

बीसीसीआईले आधिकारिक ट्वीटर ह्याण्डल मार्फत दिएको जानकारी अनुसार ऋषभ सँगै इशान किशनलाई विकेटकिपरको रुपमा टिममा समावेश गरिएको छ । राहुल तेबटिया पनि टिममा छन् ।

घाइते भएपछि अस्ट्रेलिया सिरिज गुमाएका बरुण चक्रवर्ती पनि टिममा फर्किएका छन् । यसैगरी सूर्यकुमार यादवपनि १९ सदस्यीय टिममा अटाएका छन् । चोटमुक्त भएका भुवनेश्वर कुमार पनि यो सिरिजमा खेल्ने छन् ।

भारत र इंग्ल्याण्डबीचको टी २० सिरिज बाँकी रहेका दुई टेस्टपछि शुरुहुने छ । टी २० का पाँच वटै म्याच अहमदावादमा हुने छन् । त्यहाँ रहेको मटेर स्टेडियममा खेल हुने जनाइएको छ ।

भारतीय टिम

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), केएल राहुल, शिखर धवन, श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पांड्या, ऋषभ पंत (विकेटकीपर), इशान किशन (विकेटकीपर) युजवेंद्र चहल, वरुण चक्रवर्ती, अक्षर पटेल, वॉशिंगटन सुंदर, राहुल तेवटिया, टी नटराजन, भुवनेश्वर कुमार, दीपक चाहर, नवदीप सैनी र शार्दुल ठाकुर।

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey