आहा रारा- पहिलो हाफमा थ्रीस्टारलार्इ ३-० को अग्रता

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 156 पटक हेरिएको

माघ १७, काठमाडौं । १६औं आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा नेपालको थ्रीस्टार क्लव र बंगलादेशको उत्तर बरिधाराबीच प्रतिस्पर्धा भइरहेको छ ।

पोखरा रंगशालामा दिउँसो ३ बजेदेखि सुरु भएको खेलको पहिलो हाफमा थ्रीस्टारले ३–० गोलको अग्रता लिएको छ ।

पाँच मिनेटको अन्तरमा तीन गोल गर्दै थ्रीस्टारले खेलमा अग्रताम बनाएको हो । उत्तर बरिधाराबिरुद्ध सुरुआतदेखि नै आक्रामक देखिएको थ्रीस्टारले ४०औं मिनेटमा पहिलो गोल गरेको थियो । बुद्ध चेम्जोङको पासमा बिष्णु गुरुङले टिमलाई अग्रता दिलाए ।

पहिलो गोल खाएपछि संहालिन नपाउँदै उत्तर बरिधाराले अर्को गोल खायो । ४३औं मिनेटमा निराजन खड्काले थ्रीस्टारलाई दोहोरो अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा निराजनकै पासमा विश्वास श्रेष्ठले टिमका लागि तेस्रो गोल गरे ।

गत शनिबार मात्रै इटहरीमा मदन भण्डारी स्मृति फुटबल प्रतियोगिताको उपाधि जितेको थ्रीस्टार आहा राराको पनि उपाधिनजिक पुगेको छ ।

क्वार्टरफाइनलमा उत्तर बरिधाराले सुदूरपश्चिम स्पोर्टिङ क्लव र थ्रीस्टारले एपीएफ क्लवलाई हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey