निर्माणलाई सफलता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-०६
  • |
  • 335 पटक हेरिएको

काठमाडौं, फागुन ६ गते । निर्माण बोगटीले प्रथम चक्र लामा-किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार सफलता हात पारेका छन् ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा चन्डेश्वरीका निर्माणले एस स्नुकरका मिराज अधिकारीलाई ३–० ले पराजित गरे ।
एसका मिलन लामाले लास्ट ब्रेकका निसइज महर्जनलाई ३–१, युडी स्क्वारका सुजेन शाहीले कुमारी क्लबका सञ्जय तामाङलाई ३–०, १४७ क्युका सुमन थापाले आङजीका तपेन्द्र थापालाई ३–० र बीएचएएनसीका सन्दिप गुरुङले बौद्ध स्नुकरका राजु चौधरीलाई ३–१ ले हराए ।
अन्य खेलमा अजिमाका फुरी शेर्पाले युडीका समिर राजलवतलाई ३–०, ब्रेक प्वाइन्टका रविन्द्र विष्टले न्यु गोल्डेन क्युका दिनेश कार्कीलाई ३–०, चामुण्डका सविन तामाङले पोखराका निर्भिक लामालाई ३–० तथा सुशान्त श्रेष्ठले चामुण्डका सुलभजंग सुवेदीलाई ३–२ ले पन्छाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey