एनएनआइपीए स्पोर्टस अवार्डको तयारी पुरा, शनिबार बिशेष कार्यक्रमका बिच हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-०६
  • |
  • 222 पटक हेरिएको

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको आयोजनामा शनिबार हुने स्पोर्टस अवार्डको तयारी पुरा भएको छ । ठिमी नगरपालिकाको सहयोगमा हुने यो अवार्डको सम्पुर्ण तयारी पुरा भएको र खेलाडीलाई सम्मान गर्नका लागि तयार रहेको बताएका छन ।

भक्तपुरको ठिमी नगरपालिकामा शनिबार हुने यो अवार्डमा २६ खेलका खेलाडीलाइ सम्मान गरिनेछ । त्यसबाट पनि सर्वात्कृष्ट खेलाडीले बिशेष सम्मान पाउनेछन । जसकाे प्रायाेजन ग्लाेबल अाइएमइ बैंकले गरेकाे छ ।

यस्तै बर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीले एक एक लाख रुपैयाँ पाउनेछन । यस्तै प्रतिभावान पुरस्कारको अवार्ड पाउने खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन । यस्तै इमर्जिङ खेलाडीले पनि ५० हजार रूपैयाँ पाउनेछन ।

बर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट अन्तिममा विजेता घोषणा गरिनेछ । जसमा काठमाडौंमा भएको दक्षिण एशियाली खेलकुद सागमा गरेको प्रदर्शनलाई पनि मध्यनजर गरिनेछ । सागमा सहभागि २६ खेलका खेलाडीबाट अन्तिममा विजेताको घोषणा गरिनेछ । यहिबाट राइजिङ प्लेयर अफ दी इयरको पनि घोषणा हुनेछ ।

एनएनआइपीएले खेलाडी छनोटका लागि दिपक विष्टको संयोजकत्वमा समिती बनाएको छ । ठिमी नगरपालिकाको सम्पुर्ण खर्च रहेको यो कार्यक्रमलाई विशेष बनाउने योजना रहेको बताइएको छ ।

यस्तै सोहि कार्यक्रममा एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेलकुद पत्रकार वा फोटो पत्रकारलाई खेल पत्रकारिता अवार्डबाट सम्मानित गरिनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey