बाँकेमा प्रधानमन्त्री कप  भलिबल  २१ देखि २५ फागुनसम्म

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-०४
  • |
  • 216 पटक हेरिएको

नेपालगञ्ज । साताैं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिता आगामी २१ देखि २५ गतेसम्म हुने भएको छ ।

बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरी र प्रतियोगिताका मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी नमुनाले मंगलबार पत्रकार सम्मेलन गरेर उक्त मिति घोषणा गरेकी हुन् ।

नेपालगञ्जको रंगशालास्थित कभर्ड हलमा हुने प्रतियोगितालाई विगतको भन्दा भब्य र सभ्य बनाउने मूल आयोजक समितिका संयोजक केसीले बताइन् । उनले पुरस्कार राशीसमेत बृद्धि गर्ने तयारीमा रहेको जानकारी दिइन् ।

प्रदेश सांसद केसीले प्रधानमन्त्री कप आमन्त्रण भलिबल प्रतियोगितालाई नेपालगञ्जको चिनारीको रुपमा विकास गर्ने उद्घोष गरिन् ।

संघका अध्यक्ष ठकुरीले दक्षिण एसियाकै नम्बर एक क्लव च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्दै लगेको बताए ।
बाँकेका आठ वटै पालिकाका उपप्रमुखहरुको एक्यबद्धता रहेको प्रतियोगिताको सहसंयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई चयन गरिएको छ ।

पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका उपमेयर सन्जु चौधरी, खजुराका उपप्रमुख एकमाया विक, जानकीका भूमिसरा धिताल, राप्तीसोनारीका धनीसरा खत्री, बैजनाथका शारदा रेग्मी विकको उपस्थिति रहेको रहेको थियो ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लव, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे इण्डिया, पाँचौमा एपीएफ र छैठौमा पुलिस विजेता भएका थिए । विगतमा जसरी यसपालि पनि भारत र बंगलादेशका क्लवलाई प्रतियोगितामा सहभागी गराउने तयारी भइरहेको जनाइएकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey