Mega Bank

आगामी मंसिर वा फागुनमा नवाैं राष्ट्रिय खेलकुद !

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-११-०२
  • |
  • 86 पटक हेरिएको

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदको नयाँ मिति देशको राजनीतिक परिस्थितिको आङ्कलनपछि घोषणा गरिने बताएका छन् ।

कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा फागुन ४ देखि ८ गतेसम्म पोखरामा आयोजना हुने ‘मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल’ प्रतियोगिताको जानकारी दिन आज पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आगामी वर्ष मङ्सिर वा फागुनमा राष्ट्रिय खेलकूद आयोजना गरिने जानकारी दिँदैं विसं २०७८ भित्रमा आयोजना गरिने स्पष्ट पारे ।

यस वर्ष फागुन अन्तिम साता तय गरिएको राष्ट्रिय खेलकूद कोरोनाका कारणबाट आयोजना हुन सक्ने अवस्था नरहेकाले सार्नु परेको भन्दै उनले राजनीतिक र खेलको स्थिति मध्यनजर गरेर मिति घोषणा गरिने स्पष्ट पारे ।

“हामी मुलुकको स्थिति हेर्दैछौँ, सर्वोच्च अदालतको फैसला पनि कुरेका छौँ । सर्वोच्चले वैशाख १७ र २७ मा चुनाव हुन्छ भन्छ कि संसद् पुनस्र्थापना गर्छ”, सदस्यसचिव सिलवालले भने, “अर्को वर्ष स्थानीय तहको समेत निर्वाचन हुने भएकाले सरसल्लाह गरेर चुनावसँग नजुध्ने गरी राष्ट्रिय खेलकूदको मिति घोषणा गर्छौं ।”

खेलकूद प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन तथा  खेलाडी र प्रशिक्षकले आफ्नो प्रतिभा देखाउने अवस्था सिर्जना गरेर खेलको माहोल ल्याउन सक्नुपर्नेमा उनले जोड दिए ।

भर्खरै

Advertisement