प्रधानमन्त्री कप ब्याडमिन्टनको उपाधिका लागि प्रिन्स र दिपेश भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-०१
  • |
  • 444 पटक हेरिएको

चितवन । एपीएफका प्रिन्स दाहाल र एपीएफकै दिपेश धामी पुनः एक पटक उपाधिका लागि भिड्ने भएका छन् ।

चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि एपीएफका प्रिन्स दाहालले पूर्व नम्बर एक खेलाडी भोजपुरका बिकास श्रेष्ठलाई २१–१२, २१–१४ ले पराजित गरे भने राष्ट्रिय च्याम्पियन दिपेशले सेनाका नविन श्रेष्ठ माथि २१–१९, २१–१७ को जित निकाले ।

यस अघि दुईको भिडन्त १० औं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा भएको थियो । जसमा प्रिन्सले जीत हात पार्दै उपाधी जितेका थिए ।

नेपाली सेनाकी रशिला महर्जन र एपिएफकी जेशिका गुरुङ्ग महिला एकलको फाइनल प्रवेश गरेका छन् । राष्ट्रिय च्याम्पियन रशिलाले सेनाकै अमिता गिरीलाई २१–१३, २१–१७ ले तथा जेशिकाले सेनाकी अनुमाया राईलाई २१–१७, २१–१५ ले पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।

छात्रा यु–१७ तर्फको खेलमा राष्ट्रिय च्याम्पियन रशिलाले पाल्पाकी दीया मास्केलाई २१–२, २१–१५ को सहज जित निकाल्दै उपाधिका लागि कैलालीकि प्राथना देउवाको सामना गर्ने भएकी छिन् । प्राथनाले मोरङ्गकी रोज पाण्डेलाई २१–१२ को समान अन्तरले पराजित गर्दै फाईनलमा रशिला संगको भेट पक्का गरेकी हुन् ।

छात्र यु–१७ तर्फ सेनाका आयुष्मान नागरी र सुर्खेतका नरेन्द्र बमको जोडी फाइनल पुगे । नागरीले सेनाकै भोजबहादुर गुरुङ्गबाट रिटायर्ड हर्टका आधारमा जित पाए । पहिलो सेट २१–१५ ले गुमाएका भोज दोश्रो सेटमा ११–७ को अवस्थामा खुट्टामा चोट बोकेका कारण प्रतियोगितालाई बीचमै त्यागे पछि नागरीको जित निश्चित भएको थियो । नरेन्द्रले सेनाका हिमाल चन्द माथि २३–२१, १२–२१, २१–११ को कठिन जित निकाले ।

राष्ट्रिय २० बरियता भित्रका खेलाडीहरुकाबीचमा भएको पुरुष युगलतर्फ सेनाका नविन श्रेष्ठ र रत्नजित तामाङ्गको जोडी फाइनल प्रवेश गर्‍यो । सेनाको जोडीले साईनोका राम बानिया र सुजन थापाको जोडीलाई २१–५, २१–११ ले पराजित गर्‍यो । अर्को खेलमा एपिएफका दिपेश धामी र गौतम कठायतको जोडी फाईनल प्रवेश गर्‍यो ।

एपिएफका जोडीले सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१–१४, १९ –२१, २१–१३ ले पराजित गर्दै उपाधीका लागि नविन र रत्नको जोडी संग प्रतिस्पर्धा गर्ने भएको छ ।

पुरुष ४५ बर्ष माथिको प्रतिस्पर्धामा पिस एफसीका पुर्णहरि होना र संजय कपालीको जोडीले जित निकाल्दै फाइनल यात्रा तय गरे । होना र कपालीको जोडीले पाल्पाका बशन्त बज्राचार्य र महेश मान बज्राचार्यको जोडीलाई २१–१७, १७–२१, २१–१६ पराजित गरे ।

यस्तै अर्को खेलमा कैलालीका बिरेन्द्र सिंह बिष्ट र बाँकेका अनिल लाखेको जोडीले जित हात पारे । बिष्ट र लाखेको जोडीले जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीलाई २३–२१, ७–२१, २१–११ ले पराजित गर्दै फाइनल प्रवेश गरे ।

यस्तै, सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलको फाइनल प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा महर्जन र लिनथेपको जोडीले साईनोका अभिषेक बोसको जोडी माथि २१–१७, २१–१५ को सोझो सेटको जित निकाल्दै फाइनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडी संगको भेट पक्का गरेका छन् ।

राष्ट्रिय २० बरियता बाहेकका खेलाडीहरुका बिच भएको प्रतिस्पर्धाको अर्को खेलमा नेपाल र रायमाझीको जोडीले कास्कीका भुगोल गुरुङ्ग र बिशाल खड्काको जोडीलाई १५–२१, २१–१९, २१–१८ को प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको ५५ बर्ष माथिको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधि निकट पुगे ।

चौधरी र श्रेष्ठको जोडीले चितवनकै कालीदास पाण्डे र राजु थापाको जोडी माथि २१–८, २१–११ को जित निकाले ।

अव उक्त जोडीले फाइनलमा उपाधिका लागि बागलुङ्गका राजेन्द्र शाक्य र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । शाक्य र श्रेष्ठको जोडीले चितवनका राजु कुमााल र उपेन्द्र सिंह पन्तको जोडीलाई २१–१०, २१–७ ले पराजित गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey