Mega Bank

महिला हक्कीमा सुदूरपश्चिमको तेश्रो जित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-११-०१
  • |
  • 67 पटक हेरिएको

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशले तेश्रो साहना प्रधान स्मृति महिला हक्की प्रतियोगितामा शनिबार लगातार तेश्रो जित हात पारेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई २–० गोलले पराजित गर्‍यो । सुनिता नेगीले २४ औं तथा लक्ष्मी बलमे ४२ औं मिनेटमा गोल गरे ।

५ टिम सहभागी राउन्ड रोविन लिगका आधारमा भइरहेको प्रतियोगितामा लगातार तेश्रो जित हात पारेको सुदूरपश्चिमको ९ अंक भएको छ । समान ३ खेल खेलेको आर्मीको पनि ९ अंक छ । आइतबार आर्मी र सुदूरपश्चिमबीचको दोश्रो तथा प्रतियोगिताकै अन्तिम खेलले विजेताको टुंगो लगाउने छ ।

तीनै खेल खेलिसकेको गण्डकी जितविहीन छ । त्यसअघि दिनको पहिलो खेलमा प्रदेश २ ले प्रदेश १ लाई १–० गोलले हरायो । गुडिया सराफले २२ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । सबै चार खेल खेलेको प्रदेश २ को समान २–२ जित-हारसंगै ६ अंक पुगेको छ ।

यससंगै प्रदेश २ ले तेश्रो स्थान पक्का गरेको छ । ३ खेल खेलेको प्रदेश १ अंकविहीन छ ।

भर्खरै

Advertisement