टाइगर कप आमन्त्रित क्लब भलिबल च्याम्पियनसिको फाइनल आज

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-०१
  • |
  • 393 पटक हेरिएको

टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष र महिला तर्फका फाइनल खेल आज हुँदै छन् । महिलाको फाइनल खेल मध्यान्ह १२ बजे हुने छ भने पुरुष तर्फको फाइनल खेल भने २ बजेपछि शुरुहुने छ ।

पुरुष तर्फको उपाधिका लागि विभागीय क्लब त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।

लिगमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा हराएको थियो । त्यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा गण्डकी हुने छ ।

यस्तै महिला तर्फको फाइनलमा भने दुई विभागीय क्लब एपीएफ र नेपाल पुलिस आमने सामने हुने छन् । लिग चरणमा एपीएफमाथि पुलिस हावी भएको थियो ।

यो प्रतियोगिता पुरुष र महिला दुवै तर्फका विजोले १ लाख ५० हजार पुुरस्कार पाउने छन् भने उपविजेताले ७५ हजारमा चित्त बुझाउनु पर्ने छ ।
सर्वोत्कृष्ट पुरुष र महिला २०–२० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट सर्भर,सेटर, ब्लकर, डिफेण्डर तथा स्पाइकर पुरुष र महिला खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey