ओमानको सिरिज स्थगित भएपनि खेलाडीको बन्द प्रशिक्षण जारी हुने, खेलाडीको संख्या घटाइने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-३०
  • |
  • 849 पटक हेरिएको

कोरोना भाइरसका कारण आइसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत ओमानमा हुने त्रिकोणात्मक सिरिज स्थगित भएपछि नेपाल क्रिकेट संघ क्यानले खेलाडीको बन्द प्रशिक्षण भने जारी राख्ने भएको छ ।

ओमानमा मार्च १९ देखि २८ तारिखसम्म हुने भनिएको सिरिजलाई आइसीसीले अर्को मिती तय नहुँदासम्मका लागि स्थगित गरेको छ । तर क्यानले खेलाडीको बन्द प्रशिक्षणलाई भने नरोक्ने बताएको छ ।

क्यानले यहि सिरिजका लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । पहिलो चरणमा बन्द प्रशिक्षणमा राखिएको खेलाडीबाट घटाएर क्यानले शनिबारबाट बढिमा २१ खेलाडीलाई दोस्रो चरणमा प्रशिक्षणमा राख्ने भएको छ ।

यसअघि पहिलो चरणमा अनुभवी खेलाडीलाई प्रशिक्षणमा बोलाएको थिएन । तर अब दोस्रो चरणमा छानिने खेलाडीलाई भने नियमित प्रशिक्षण गराउने क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए ।

सिरिज स्थगित भएपनि खेलाडीको प्रशिक्षण नरोकिने उनले बताए । कोरोनाका कारण आइसीसीले ओमानमा हुने प्रतियोगिता स्थगित गरेपनि हामीले खेलाडीलाई निरन्तर अभ्यासमा राख्ने योजना बनाएको उनले बताए ।

नयाँ प्रशिक्षक डेभ ह्वाटमोर अहिले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन । पहिलो चरणमा खेलाडीको प्रदर्शन हरेर उनले दोस्रो चरणको टिम बनाएका छन । जसमा करिव १२ खेलाडी कटौती हुने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey