टाइगर कप भलिबलः न्यू डायमण्डकाे लगातार दाेस्राे जित, हारपछि पनि पुलिस फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२९
  • |
  • 486 पटक हेरिएको

पोखरामा जारी टाइगर कप अन्तर क्लव भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फ न्यू डायमण्ड क्लवले लगातार दोस्रो जित निकालेको छ । जारी प्रतियोगितामा पुलिसको पहिलो हार हो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा न्यू डायमण्डले विभागिए टिम नेपाल पुलिसलाई तीन एकको सेटमा हरायो ।

यो जितसँगै न्यू डायमण्डले फाइनलमा स्थान बनाउने प्रबल संभावना बनाएको छ । न्यू डायमण्डले अब फाइनलमा पुग्नका लागि अन्तिम खेलमा एपीएफको नतिजा कुर्नुपर्नेछ ।

न्यू डायमण्डले नेपाल पुलिसलाई २७–२५, २९–३१, २७–२५ र २५–१६ को सेटमा हरायो । पहिलो सेट २७–२५ ले जितेको पुलिसले दोस्रो सेट २९–३१ ले गुमाएको थियो । तर त्यसपछि लगातार दुई सेट जित्दै न्यू डायमण्डले आफ्नो अपराजित यात्रालाई कायम राख्यो । तेस्रो सेट २७–२५ ले जितेको न्यू डायमण्डले चौथो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो ।

जारी प्रतियोगितामा महिलामा न्यू डायमण्ड अपराजित एक्लो टिम बनेको छ । हारपछि पनि पुलिस महिला तर्फको फाइनलमा स्थान बनाइसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey