टाइगर कप भलिबलः आर्मी प्रतियाेगिताबाट बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२९
  • |
  • 350 पटक हेरिएको

टाइगर कप आमन्त्रित अन्तर क्लव महिला तथा पुरुष भलिबलमा विभागिए टिम आर्मी प्रतियोगिताको महिला तर्फ आर्मी समुह चरणबाट नै बाहिरीएको छ । एपीएफसँग पराजित भएपछि आर्मीको यात्रा समुह चरणमा नै रोकिएको हो ।

पहिलो खेलमा न्यू डायमण्डसँग पराजित भएका आर्मी एपीएफसँग तीन दुईको सेटमा पराजित भयो । पोखरा रंगशालामा भएको खेलमा आर्मीले एक सेटको अग्रता जोगाउन सकेन र प्रतियोगिताबाट बाहिरीयो । यसका साथै उनले अन्तिम सेटमा निकै फितलो प्रदर्शन गर्यो ।

आर्मी एपीएफसँग २५–१८, २५–२७, १७–२५, २५–२०, ७–१५ को सेटमा हार्न पुग्यो ।

पहिलो सेट २५–१८ ले जितेको आर्मीले दोस्रो सेट २५–२७ ले गुमाउन पुग्यो । तेस्रो सेटपनि १७–२५ हारेको आर्मी तेस्रो सेटमा भने २५–२० ले जितेको थियो । तर अन्तिम सेटमा ७–१५ ले हार्दै प्रतियोगिताबाट बाहिरीयो ।

आर्मीसँगको जितले एपीएफको फाइनल पुग्ने संभावना भने कायमै रहेको छ । एपीएफले पहिलो खेलमा पुलिससँग हारेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey