सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता कञ्चनपुरमा शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२८
  • |
  • 244 पटक हेरिएको

महेन्द्रनगर । तेस्राे सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता बुधबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा शुरु भएको छ ।

नेपाल हक्की सङ्घको आयोजना र कञ्चनपुर जिल्ला हक्की सङ्घको समन्वयमा शुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले उद्घाटन गरे ।

सो अवसरमा मन्त्री शाहले खेलकूदले खेलाडीलाई अनुशासित बनाउनुका साथै खेल जगत्ले सिङ्गो देशको शिर उच्च राख्ने गरेको बताए ।

खेलकूदले भाइचाराको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै मानिसलाई स्वस्थ्य राख्ने महत्वपूर्ण माध्यम पनि भएको उनकाे भनाइ छ । “एउटा सफल खेलाडीले देशलाई विश्वमा चिनाएका धेरै उदाहरण छन्”, मन्त्री शाहले भने, “खेलकूदको विकासमा राज्य पनि अग्रसर हुँदै गएको स्थिति छ ।”

त्यसैगरी गरी आजदेखि शुरु भएका लिक चरणका खेलमा नेपाली सेना र सुदूरपश्चिम प्रदेशको टिमले विजयी शुरुआत गरेका छन् ।

उद्घाटन खेलमा सेनाको टोलीले गण्डकी प्रदेशलाई दुई गोल गर्दै विजयी भएको कञ्चनपुरका हक्की प्रशिक्षक नरबहादुर चन्दले जानकारी दिए । सेनाका लागि सीमा खड्का र निलिमा पाण्डेयले एक-एक गोल गरेका छन् ।

त्यसैगरी दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई प्रदेश नं २ लाई पराजित गरेको छ । सुदूरपश्चिमका लागि बिन्दु रावलले तीन गोल र लक्ष्मी बमले एक गोल गरेका थिए । प्रदेश नं २ ले भने गोल गर्न सकेन् । प्रतियोगिता आगामी फागुन २ गतेसम्म सञ्चालन हुने कञ्चनपुर जिल्ला हक्की सङ्घका उपाध्यक्ष उमेश सुनुवारले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey