टाइगर कपः पुलिसकाे लगातार दाेस्राे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२८
  • |
  • 201 पटक हेरिएको

पोखरामा जारी टाइगर कप आमन्त्रित अन्तर क्लव भलिबल च्याम्पियनसिपको महिला तर्फ नेपाल पुलिस क्लवले लगातार दोस्रो जित निकालेको छ । यो जितसँगै पुलिसको फाइनल पुग्न संभावना बलियो भएको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा पुलिसले अर्को विभागिए टिम त्रिभुवन आर्मीलाई तीन एकको सेटमा हरायो । प्रतियोगिताको पहिलो खेलमा एपीएफलाई सोझो सेटमा हराएको पुलिसले आज आर्मीको एक सेटको अग्रतालाई उल्ट्याएको थियो ।

पुलिसविरुद्ध आर्मीले पहिलो सेट २५–१८ ले जितेपछि त्यसपछिका लगातार तीन सेट हार्न पुग्यो । पुलिसले दोस्रो सेट २५–२२ ले जित्यो भने तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्यो ।

चौथो सेटमा पनि पुलिस नै हावी भयो । जसका कारण उनले २५–१६ ले जित्न सफल भयो । आर्मीको जारी प्रतियोगितामा लगातार दोस्रो हार हो ।

यो हारपछि आर्मी प्रतियोगिताबाट बाहिरीने संघारमा पुगेको छ । पहिलो खेलमा आर्मी न्यू डायमण्ड क्लवसँग पराजित भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey