एपीएफकाे क्लव भलिबलमा विजयी सुरूवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२८
  • |
  • 207 पटक हेरिएको

पोखरामा जारी टाइगर कप आमन्त्रित क्लव भलिबल च्याम्पियनसिपमा विभागिए टिम एपीएफले नेपाल पुलिस क्लवलाई तीन दुईको प्रतिस्पर्धात्मक सेटमा हराएको छ ।

पोखरा रंगशालामा भएको खेलमा एपीएफले पुलिसलाई पाँच सेटमा पराजित गर्दै विजयी सुरुवात गर्यो । एपीएफले सुरुवाती दुई सेट जितेपनि त्यसपछि लगातार दुई सेट हारेको थियो । जसका कारण खेलको छिनोफानो अन्तिम सेटमा भएको थियो ।

एपीएफले पुलिसलाई २७-२५, २५-२०,२०-२५,९-२५ र १५-१० को सेटमा हरायो । एपीएफले पहिलो सेट २७–२५ ले जित्दा दोस्रो सेटमा २५–२० को जित निकाल्यो ।

तर त्यसपछि तेस्रो सेट २०–२५ ले जित्दा चौथो सेट ९–२५ ले हार्न पुग्यो । तर पाँचौं तथा अन्तिम सेटमा एपीएफले १५–१० को जित निकाल्दै विजयी सुरुवात गर्न सफल भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey