आर्मी पहिलो खेलमा नै स्तब्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२८
  • |
  • 206 पटक हेरिएको

पोखरामा जारी टाइगर टप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी पहिलो खेलमा नै स्तब्ध भएको छ ।

आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई तीन एकको सेटमा हरायो ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीले एक सेटको अग्रतालाई जोगाउन सकेन ।

पहिलो सेट २५–२२ ले जितेका आर्मीले त्यसपछिका लगातार तीन सेट गुमायो ।

गण्डकीले दोस्रो सेट २५–१४ ले जित्दा तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा पनि गण्डकी २५–१७ ले जित्न सफल भयो ।

यो जितसँगै गण्डकीले दुई खेलमा तीन अंक बनाएको छ ।

पहिलो खेलमा गण्डकी अर्को विभागिए टिम नेपाल पुलिस क्लवसँग पराजित भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey