प्रथम अन्तर्राष्ट्रिय सोतो करातेमा कातातर्फ वर्षा र रोहितलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०२-११
  • |
  • 303 पटक हेरिएको

नेप्लेज, ११ जेठ । वर्षा साउद र रोहित राईले प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते प्रतियोगितामा शुक्रवार स्वर्ण जितेका छन् ।

हलचोकस्थित एपीएफको कभर्डहलमा भएको महिला एकल कातामा आयोजक एपीएफ बी की वर्षाले प्रदेश १ की रोश्ना राईलाई ४–१ को अन्तरमा हराईन् ।

महिला एकल कातामै सेमिफाईनलमा पराजित नेपाली सेनाकी संगीता मगर र प्रदेश ५ की रश्मी पाण्डे संयुक्त रुपमा तेश्रो भए ।

पुरुष एकल काताको उपाधि भिड्न्तमा प्रदेश १ का रोहितले एपीएफका गुगिराम घलेलाई ३–२ अंकले हराउँदै स्वर्ण हात पारे । पुरुष एकल कातामा सेमिफाईनलमा पराजित भएका नेपाली सेनाका डम्बर आलेमगर र प्रदेश ४ का शेरवहादुर धानुक संयुक्त रुपमा तेश्रो भए ।

काताको महिला तथा पुरुष दुवै समूहमा नेपाली सेनाले बाजी मारेको छ । उसले महिला तथा पुरुष दुबै तर्फको उपाधि भिड्न्तमा प्रदेश ४ लाई हराउदै स्वर्ण जित्न सफल भएको थियो । महिलातर्फ प्रदेश ६ र प्रदेश १ ले तेश्रो स्थान हात पार्दा पुरुषतर्फ प्रदेश १ र प्रदेश ५ ले कास्य जिते ।

युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले उद्घाटन गरेको प्रतियोगिताको महिला कुमुतेको ४५ केजी तौल समूहमा नेपाली सेनाकी कुसुम खड्का,एपीएफ बी की बर्षा बुढामगर र भुटानकी दिपा तामाङले सेमिफाईनलमा स्थान सुरक्षित राखेका छन् । पुरुष कुमुतेको ६७ केजी तौल समूहमा एपीएफ बी का नबिन रसाईली सेमिफाईनलमा स्थान सुरक्षित गरेका छन् । उनले क्वाटर फाईनलमा प्रदेश १ का रुरिहाङ राईलाई ९–८ अंकको आधारमा हराएका थिए ।नबिन एसियाडमा छनोट भएका खेलाडी हुन् ।

शसस्त्र प्रहरी बल एपीएफ र नेश्नल सोतो कराँते डो एशोसियसनको आयोजनामा संचालन भएको दुई दिने प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश,श्रीलंका,भुटान,जापान र नेपालका सात प्रदेश नेपाली सेना र एपीएफका दुई टिमले सहभागिता छ ।

प्रतियोगितामा महिलातर्फ ८ स्वर्ण तथा पुरुषतर्फ ९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रत्येक स्पर्धाका स्वर्ण बिजेताले नगद १० हजार,रजत बिजेताले ५ हजार र कास्य बिजेताले ३ हजार प्राप्त गर्ने आयोजक संघका महासचिव फडिन्द्र ओझाले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey