सात पटकका राष्ट्रिय च्याम्पियन गुजरा चलाउन ग्यारेजमा गाडी धुने काममा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२३
  • |
  • 256 पटक हेरिएको

आर्थिक अवस्था निकै कमजोर भएपछि भारतीय कुस्तीका सात पटकका राष्ट्रिय च्याम्पियन सनी जाधवले रेल्वेमा मजदुरी र ग्यारेजमा गाडी धुने काममा ब्यस्त बनेका छन ।

उनी राष्ट्रिय स्टरमा मध्येप्रदेशबाट निकै पटक खेलेका थिए । यसका साथै उनले नेशनल वेलफेयर फन्ड फर स्पोर्टस पर्सनको अवार्डपनि जितेका छन । दैनीक गुजारा चलाउनका लागि उनले मजदुरी गरेको थाहा पाएपछि भारतीय खेल प्राधिकरणले उनलाई साँढे दुई लाख भारतीय रुपैयाँ सहयोग गरेको छ ।

जसले उनी आफ्नो भाडा तिर्नका लागि सजिलो हुने बताएका छन । सात पटकका राष्ट्रिय च्याम्पियन भएपनि उनलाई गुजारा चलाउनका लागि निकै कठिन भएको थियो । जसका कारण उनले मजदुरी सुरु गरेको बताए ।

उनले पाएको साँढे दुई लाख रुपैयाँबाट साँढे एक लाख रुपैयाँ खानाका लागि लिएको उधारो तिर्ने भएका छन । उनको बुबाको निधन भएपछि अवस्था निकै नाजुक बनेको थियो । सन् २०१७ मा अचानक मुटुमा समस्या देखिएपछि उपचारका क्रममा उनको बुवाको निधन भएको थियो ।

त्यसपछि डाइट र राम्रो प्रशिक्षण नपाएपछि उनले बाध्य भएर मजदुरी गर्नुपर्ने अवस्था आएको थियो । यो बाफत उनले दिनको एक सय देखि एक सय ५० रुपैयाँ पाउने गरेका छ ।

उनले पाएको साँढे दुई लाख रुपैयाँबाट उधारो तिर्नुका साथै डाइटमा खर्च गर्ने बताएका छन । तर यो रकम सकिएपछि के गर्ने भन्ने चिन्ता उनलाई कायमै रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal