लाेकतान्त्रिक खेलकूद संघका पदाधिकारी र प्रदेश संयाेजक चयन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२१
  • |
  • 542 पटक हेरिएको

नेपाल लोकतान्त्रिक खेलकूद सङ्घको केन्द्रीय पदाधिकारी तथा सदस्य र सातै प्रदेशका संयोजक चयन गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, खेलकूद विभाग प्रमुख एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा आज पोखरामा सङ्घले घोषणा सभामार्फत केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश संयोजक चयन गरेको हो ।

सभामा सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश संयोजक घोषणा गरेका थिए । सङ्घको उपाध्यक्षमा विजेन्द्र हमाल (बाँके), महासचिव सुबोध प्रधान (चितवन), सचिव विरबहादुर खड्का(सिन्धुपाल्चोक), बखतबहादुर शाही (हुम्ला), मनिष जोशी (काठमाडौँ) र कोषाध्यक्षमा दशरथ रिमाल मनोनीत भएका छन् ।

यसैगरी प्रदेश संयोजकमा प्रदेश नं १ मा वसन्तराज अर्याल, प्रदेश नं २ मा वैजनाथ यादव, वाग्मती प्रदेशमा दीपक गुरुङ, गण्डकीमा हरिश्वर पोखरेल, लुम्बिनीमा नरेन्द्र थापा, कर्णालीमा हरिबहादुर विष्ट र सुदूपश्चिममा श्याम विष्ट चयन  भएकाे सङ्घका केन्द्रीय अध्यक्ष शेरचनले जानकारी दिए ।

त्यस्तै केन्द्रीय सदस्यमा दानबहादुर पाल (डडेलधुरा), सूर्यबहादुर खड्का (सिन्धुपाल्चोक), हरिबहादुर विष्ट (सुर्खेत), तिलकराम पौडेल (स्याङ्जा), जगत तामाङ (बर्दिया), वीरबहादुर खड्का (सिन्धुपाल्चोक), रवि महर्जन (ललितपुर), पञ्चबहादुर तामाङ ‘विजय’ (काठमाडौँ), बच्चन कार्की, पङ्कज पाण्डे (बारा), जयगोपाल श्रेष्ठ (नवलपरासी), छिरिङ फन्जु लोप्न (रसुवा), अमर पुन (रुपन्देही), मीनबहादुर घले (नवलपुर) र राजीव बस्नेत (काठमाडौँ) छन् ।

यसैगरी मनराम शाही (कालीकोट), राजेश गुरुङ (कास्की), देव कोइराला (सिन्धुपाल्चोक), विश्व गुरुङ (स्याङ्जा), श्याम विष्ट (कैलाली), राजेशमान श्रेष्ठ (सुनसरी), शेरजङ्ग गुरुङ (तनहुँ), थमन गुरुङ (सङ्खुवासभा), नेपाल कार्की (रौतहट), सरोज सिंह (बझाङ), धरम लामिछाने (कास्की) र डम्बर लिम्बु (ताप्लेजुङ) रहेका छन् ।

कार्यक्रममा पूर्वमन्त्री बस्नेतले सङ्घलाई कांग्रेसको भ्रातृसंस्थाका रुपमा अगाडि बढाउने र खेलकूदका माध्यमबाट युवालाई समेटिने बताए । प्राविधिक कारणले सङ्घका गतिविधि नभएको र संस्था निस्क्रिय रहेकामा अब प्रदेश र जिल्ला तहमा समेत कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । केन्द्रीय सदस्य बस्नेतले वर्तमान सरकारले खेल क्षेत्रमा समेत भ्रष्टाचार गरेको र पक्षधरता देखाएको आरोप बताए ।

खेलकूद क्षेत्रमा भएको विकृति विसङ्गति हटाउनका लागि लोकतन्त्र प्रेमी खेलाडीलाई समेट्दै विसं २०७१ मा सङ्घको स्थापना भएको जनाइएको छ ।

कार्यक्रममा कांग्रेसका नेता शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्कीका सभापति कृष्ण केसी, पार्टीको खेलकूद विभाग सचिव मीन कृष्ण महर्जन, संविधानसभा सदस्य शारदा पौडेल, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, क्षेत्रीय सभापति मधु बाँस्तोला, तरुण दलका अध्यक्ष मनोज गुरुङलगायतले सङ्घले खेलकूदको विकासमा योगदान दिन सफल हुने विश्वास व्यक्त गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal