खेलकुद अभिमुखीकरण कार्यक्रम सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२१
  • |
  • 206 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम बुधबारदेखि भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा सुरु भएको छ ।

बागमती प्रदेश स्तरीय कार्यक्रमको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा खेलाडी, प्रशिक्षक, बागमती प्रदेश अन्तर्गत जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखलगायतको सहभागिता रहेको छ ।

दुईदिने कार्यक्रमको पहिलो दिन राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. सुरेनबहादुर कार्कीले योगा र नेचुरोप्याथी, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन र रिता प्रजापतिले जेन्डर इक्विटी इन स्पोर्ट्स सोसियोलोजी बारे प्रकाश पारेका थिए । दोश्रो दिन पनि विज्ञहरु सहभागीलाई विभिन्न विषयमा जानकारी गराउने छन् ।

यसअघि कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बाँकी दुई प्रदेशमा पनि उक्त कार्यक्रम हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey