टाेकियाे ओलम्पिक भ्याक्सिनकाे आवश्यकता नपर्ने, यस्तो छ गाइडलाइन !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२१
  • |
  • 377 पटक हेरिएको

टोकियो ओलम्पिक आयोजकले आसन्न ओलम्पिक र पारा ओलम्पिकमा लागु हुने कोभिडको गाइडलाइन सार्वजनिक गरेको छ । पछिल्लो पटक कोरोनाको तेस्रो लहर जापानमा फैलिरहेका बेला यो बर्ष प्रतियोगिता हुन्छ की हुँदैन भन्ने अन्योल कायमै छ । तर पनि आयोजकले प्रतियोगिता हुनेमा विश्वस्त रहन भनेका छन ।

यसअघि टोकियो ओलम्पिकमा सहभागि हुने खेलाडी, प्रशिक्षक र पदाधिकारीले भ्याक्सिन लगाउनुपर्ने भनिएको थियो । तर आयोजकले बनाएको गाइडलाइनमा कुनै भ्याक्सिनको आवश्यकता नहुने बताएको छ । जुलाई २३ तारिखबाट सुरु हुने टोकियो ओलम्पिक आयोजकले सबै खेलाडी, पदाधिकारीले प्रतियोगितामा आउनुभन्दा ७२ घण्टा अगाडीको कोरोना रिपोर्ट बोक्नुपर्ने र जापान आएपछि उनीहरुलाई फेरी परिक्षण गर्ने भनिएको छ ।

खेलाडी र प्रशिक्षकलाई हरेक चार दिन कोरोना परिक्षण गरिने, सबैले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने, बाहिर हुँदा अनिवार्य दुई मिटरको दुरी कायम गर्नुपर्ने नियम बनाएको छ ।

यसका साथै दर्शकले पनि हातको तालि बजाएरमात्र सपोर्ट गर्न पाउने, गाउने र चिच्याउने काम गर्न नपाउने नियम बनाएको छ । टेष्टका साथै पुरै प्रतियोगिता भरी खेलाडी र प्रशिक्षक बाहेकका अरुलाई बायो बबलमा बस्नुपर्ने भनिएको छ ।

टोकियो ओलम्पिकमा सहभागि हुनेले टुरिस्ट एरिया, पसल, रेस्टुरेन्ट र बार वा जिममा जाने पाउने छैनन् । यसका साथै उनीहरुले सार्वजनिक गाडीको प्रयोग गर्न पनि नपाउने भएका छन ।

खेलाडी र अफिसियलले पनि शारिरिक दुरी कायम गर्नुपर्नेछ । उनीहरुले एक अर्कालाई अंगालो मार्न नपाउने, हाट मिलाउन नपाउने र हाइफाइभ गर्न नपाउने भनिएको छ ।

यो विषयमा अन्तराष्ट्रिय ओलम्पिक कमितीले फेब्रेवरी नौ तारिखमा आधिकारीक रुपमा प्लेबुक सार्वजनिक गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey