टाेकियाे ओलम्पिकमा डाक्टर र नर्सले भाेलेन्टियर गर्न नसक्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२१
  • |
  • 392 पटक हेरिएको

जापानमा हुने टोकियो ओलम्पिकका लागि समय समयमा विभिन्न संकास्पद खबरहरु बाहिर आउन थालेका छन । कोरोनाका कारण एक बर्ष सरेको टोकियो ओलम्पिक यो बर्ष हुने नहुने भन्नेमा पनि विभिन्न शंका उपसंका उब्जिरहेका बेला पछिल्लो पटक यो प्रतियोगितामा भोलेन्टियर डाक्टर र नर्स उपलब्ध नहुने बताइएको छ ।

मेडिकल एसोसियसनका अनुसार जापानमा डाक्टर र नर्स कोभिडसँग फाइट गरिरहेका बेला ओलम्पिकमा भोलेन्टियर गर्न नपाउने बताएको छ ।

टोकियो मेडिकल एसोसियसनका अनुसार यतिबेला २० हजार डाक्टर र नर्सहरु कोभिडको तेस्रो चरणको संक्रमणविरुद्ध लडिरहेको र उनीहरुलाई भोलेन्टियरमा लगाउन कठिन रहेको भनिएको छ ।

जुलाईको अन्तिममा हुने यो प्रतियोगितामा चिकित्सको अभाव हुने निकै संभावना रहेको बताइएको छ । टोकियो ओलम्पिक आयोजक कमिटी र टोकियोको स्थानीय सरकारले गत मार्चमा प्रतियोगिताका बेला ३५ सय चिकित्सकाको खाँचो हुने डाटा पेश गरेको थियो ।

यसअघि टोकियो ओलम्पिकका लागि भोलेन्टियर हुन सहमति जनाएकाहरु अहिले आएर प्रतियोगितामा खट्न नसक्ने बताउन थालेका छन । पछिल्लो पटक जापानका विभिन्न शहरमा कोरोनाको संक्रमण बढेकाले कतिपय स्थानमा आपतकालिनको घोषणा लगाएको छ । जापानमा तीन लाख ९० हजारमा कोरोना संक्रमण देखिएको छ जसमा पाँच हजार सात सय भन्दा बढिको ज्यान गएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal