‘दुई बर्षमा भलिबलको कर्भडहल बन्नुपर्छ’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२०
  • |
  • 231 पटक हेरिएको

नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिबलको आफ्नै पूर्वाधा अहिलेसम्म बन्ने सकेको छैन । केहि दिन अगाडी नेपाल भलिबल संघले बुढानिलकण्डमा आफ्नै कर्भडहल बनाउने भन्दै कार्यसमितीको बैठकबाट नै निर्णय गर्यो । जसका लागि डिपीआर तयार पार्ने लगायतका कामका लागि समिती पनि बनाएको छ ।

राष्ट्रिय खेलको आफ्नै पूर्वाधार नहुँदा संघलाई कुनैपनि प्रतियोगिता आयोजना गर्नका लागि विभिन्न निकाय धाउनुपर्ने बाध्यता छ । आफ्नै कर्भडहल निर्माण गर्ने लक्ष्यका साथ संघले गरेको योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले थप इटा थपेका छन ।

मंगलबार खेलकुदसँग प्रधानमन्त्री कार्यक्रममा नेपालको राष्ट्रिय खेल भलिबलको कर्भडहल निर्माण दुई बर्षमा सम्पन्न गर्न निर्देशन दिए । जसले गर्दा भलिबल संघका पदाधिकारीमा ठूलो आशा पलाएको छ । सो कर्भडहल निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले डीपीआरको शिर्षकमा ५० लाख रुपैयाँ छुट्याइएको छ ।

अब प्रधानमन्त्रीले नै दुई बर्षमा कर्भडहल बनाउन निर्देशन दिएपछि संघका पदाधिकारीले समयमा नै बन्छ की भन्ने झिनो आशा पलाएको छ ।
प्रधानमन्त्रीको बोलिलाई परिषद्ले कतिको गम्भिर रुपमा लिने हो त्यो पनि पश्न रहेको छ । संघ आफै यो कर्भड हल बनाउन अझै सक्षम अवस्थामा छैन, त्यसैले उसले यसका लागि सरकारी मुख नै तान्नुपर्ने अवस्था छ ।

संघका पदाधिकारीमा अब प्रधानमन्त्रीले नै बोलेपछि केहि काम हुन्छ की भन्ने आशा पलाएको हो । तर त्यसका लागि मुख्य चुनौती बजेट नै रहेको छ ।

कर्भडहलका लागि संघले जग्गा अधिग्रहणको काम सुरु गर्ने योजना बनाएको छ । अब संघले नै परिषद्मा कतिको घचघच्याउने हो, त्यो उनीहरु आफैमा भर पर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey