Mega Bank

‘खेलकुदसँग प्रधानमन्त्री’ पूर्वाधारमा लगानी बढाउँदै जान्छौं : प्रधानमन्त्री ओली

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१०-२०
  • |
  • 112 पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको विकासका लागि आफू सधैं तयार रहेको बताएका छन् ।

‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम अन्तर्गत राजधानीमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले धेरै भन्दा धेरै खेलमा नेपालले सहभागीता जनाउनु पर्नेमा जोड दिए । ‘जतिसक्दो धेरै प्रतियोगितामा सहभागिता जनाइन्छ पदक पनि त्यति धेरै आउँछ ।’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

कोरोनाका कारण खेलकुद क्षेत्र पछि परेको बताउँदै अब भ्याक्सिन आइसकेको अवस्थामा नेपाली खेलकुदले गति लिने विश्वास पनि व्यक्त गरे । कार्यक्रमको शुरुमै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश शिलवालले खेलकुदमा बजेट घटेको प्रशंग निकालेका थिए । यस विषयमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोनाका कारण बजेट घटेको स्वीकार गर्दै यसै वर्ष कोरोनालाई परास्त गर्ने अभियानमा सरकार रहेको बताउँदै बजेट बढ्ने आश्वासन पनि दिए ।

यसैगरी खेलकुदका पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रीत रहेको बताए । पूर्वाधारको सवालमा आएको लिखित प्रश्नको जवाफ दिँदै सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने विषयमा केही व्यक्तिको इगोका कारण पनि समस्या भएको बताए । उनले भने ‘सिमित व्यक्तिले अरु कसैले जस लिन्छन् भनेर अवरोध गरेका छन् ।’

चुनाव पछि आउँदो आर्थिक वर्षको बजेट पेश हुँदा पूर्वाधार निर्माणका लागि बजेट पेश गर्ने प्रतिवद्धता जनाए । ‘यो चुनावका लागि १५–२० अर्ब खर्चहुन्छ, चुनाव पछि पाँच वर्षको सरकार बन्छ र त्यसपछि स्थानीय तह र प्रदेशको निर्वाचनका लागि केही खर्च भए पनि खेलकुदका लागि बजेट छुट्याउन सकिन्छ ।’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

राखेपमा कार्यरत अस्थायी र करारका कर्मचारीहरुको पनि व्यवस्थापन गछौं । यसैगरी मूलपानी क्रिकेट मैदान अझै निर्माण पुरा नभएको विषयमा आएको प्रश्नमा आफू पनि अचम्मित भएको बताउँदै अब चाँडै निर्माण हुने बताउँदै आफूले अनुगमन गर्न नपाएको जवाफ दिएका थिए । प्रधानमन्त्री बोल्दै गर्दा साइडमा रहेका सदस्यसचिव सिलवालले दुई वर्षभित्र निर्माण पुरा हुने बताए ।

यसैगरी युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई राखेपका कर्मचारीको बढुवा लगाएतका समस्या समाधानका लागि विस्तृत रिपोर्ट पेश गर्न निर्देशन दिए । मन्त्रीले रिपोर्ट दिए पछि आफूले कार्यान्व्यन गर्ने प्रतिवद्धता पनि जनाए । तर ओभर स्टाफिङ हुन भने नदिने बताउँदै जनकपुर चुरोट कारखाना जस्तो लथालिंग बनाउन भने नदिने बताए ।

यसैगरी, अखिल नेपाल फुटबल संघ एन्फाले ७५३ स्थानीय तहमा चार वर्ष सम्म महिला र पुरुष फुटबल प्रतियाेगिताका लागि बजेट माग गरेकाे छ । नेपाल भलिबल संघले राष्ट्रिय खेल भए पनि कभर्डहल बनाउनका लागि ध्यानाकर्षण गराएकाे छ भने मार्सल आर्टसले पनि पूर्वाधारबारे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री बाेलेर मञ्चबाट ओर्लिसकेपछि सदस्यसचिव सिलवालले प्रधानमन्त्रीले २ वर्ष भित्र भलिबल कभर्डहल निर्माणकाे जिम्मा लिएकाे बताएका थिए ।

भर्खरै

Advertisement