‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम आज

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२०
  • |
  • 240 पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार खेलकर्मीहरुसँग अन्तरक्रिया गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा राजधानीको प्रज्ञाभवनमा ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रमको आयोजना गरिएको छ ।

राखेपका सदस्य सचिव रमेशकुमार शिलवालले प्रधानमन्त्रीले खेलाडी र खेलकर्मीहरुसँग अन्तरक्रिया गराएर यस क्षेत्रको बारेमा जानकारी लिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । प्रधानमन्त्री राखेपका संरक्षक पनि भएकाले “खेलकुदसँग प्रधानमन्त्री” कार्यक्रममा ओलम्पियन, तथा अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी, प्रशिक्षक, संघ–संस्था, कर्मचारीलगायत खेलकर्मीको उपस्थितिमा युवा तथा खेलकुद मन्त्री दावा तामाङ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यक्रम तय भएको छ ।

कोरनाका कारण प्रभावित भएको नेपाली खेलकुदलाई सामान्य अवस्थामा फर्काउन हामीले खेलकुद अभिमुखिकरण अन्तरक्रिया कार्यक्रमद्धारा मेची महाकाली जोड्ने प्रयास गरेको सदस्य सचिव सिलवालले बताएका छन् ।
कार्यक्रम आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञाभवनमा हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey