जलेश्वरमा माघ २३ बाट इन्टर स्कुल प्रतियाेगिता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-१९
  • |
  • 241 पटक हेरिएको

जिल्ला क्रिकेट संघ महोत्तरीको आयोजना एवंम नरेश सिंह क्रिकेट एकेडमी, महोत्तरीको संयोजकत्वमा आगामी माघ २३ गते देखि जलेश्वर रंगशालामा इन्टर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ।

लगातार सात वर्ष देखी हुदै आइरहेको प्रतियोगिताको कुल बजेट रु पाच लाख रहेको छ। प्रतियोगितामा कुल १६ टिमहरुको सहभागीता रहनेछ।

भविष्यमा देशलाई गुणवान र प्रतिभायुक्त क्रिकेट खेलाड़ी दिन सक्ने नियतका साथ विद्यालय स्तर बाटै क्रिकेट प्रतिको चाहना र प्रतिभालाई अझ बलियो बनाउन, खेलकुदको माध्यमबाट अनुशासन कायम राख्न, स्वस्थ नागरिक तयार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजक महोत्तरी जिल्ला क्रिकेट संघले जनाएको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey