एनएनआइपीए स्पोर्टस अवार्डमा एक बिधा थप, ठिमीमा हुने कार्यक्रम भब्य बनाउने तयारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-१३
  • |
  • 238 पटक हेरिएको

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको आयोजनामा हुने एनएनआइपीए स्पोर्टस अवार्डका लागि यो बर्षबाट एक विधा थप गरिएको छ । जसमा आयोजकले यो बर्षबाट राइजिङ प्लेयर अफ दी इयरको विधा थप गरेको छ ।

भक्तपुरको ठिमी नगरपालिकामा फागुन ८ गते हुने यो अवार्डमा थप गरिएको विधामा एक पुरुष र एक महिना खेलाडीलाई पुरस्किृत गरिनेछ । जसको पुरस्कार ५० हजार रुपैयाँ रहेको छ ।

यस्तै बर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीले एक एक लाख रुपैयाँ पाउनेछन । यस्तै प्रतिभावान पुरस्कारको अवार्ड पाउने खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन ।

बर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट अन्तिममा विजेता घोषणा गरिनेछ । जसमा काठमाडौंमा भएको दक्षिण एशियाली खेलकुद सागमा गरेको प्रदर्शनलाई पनि मध्यनजर गरिनेछ । सागमा सहभागि २६ खेलका खेलाडीबाट अन्तिममा विजेताको घोषणा गरिनेछ । यहिबाट राइजिङ प्लेयर अफ दी इयरको पनि घोषणा हुनेछ ।

एनएनआइपीएले खेलाडी छनोटका लागि दिपक विष्टको संयोजकत्वमा समिती बनाएको छ । ठिमी नगरपालिकाको सम्पुर्ण खर्च रहेको यो कार्यक्रमलाई विशेष बनाउने योजना रहेको बताइएको छ ।

यस्तै सोहि कार्यक्रममा एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेलकुद पत्रकार वा फोटो पत्रकारलाई खेल पत्रकारिता अवार्डबाट सम्मानित गरिनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey