Mega Bank

अाखिर किन आमिर खानले रिसाउँदै अर्काको मुखमा पानी फाले ?

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 231 पटक हेरिएको

माघ १७ । श्रीमतीका बारेमा नराम्रो टिप्पणी गरेपछि विश्व च्याम्पियन आमीर खानले विपक्षी फाइटर फिल लो ग्रिको को मुखमा पानी फालेका छन् ।

आमिर पुनः बक्सिङ रिङमा फर्किने निर्णय गरेपछि करीव दुई महिनापछि फिलसँग फाइट गर्दैछन् ।

यसै बारेमा गरिएको पत्रकार सम्मेलनमा आमीरले फिलको मुखमा एक बोटल पानी फालेका छन् ।

आखिर किन रिसाए आमीर

हिल्टन होटेलमा भएको पत्रकार सम्मेलनमा हासी मजाकबाट सुरु भएको दुई जनाको कुराकानी अचानक रिसमा पुग्यो ।

लो ग्रिकोले पत्रकार सम्मेलनमै खानकी श्रीमती र परिवारका बारेमा यस्तै टिप्पणी गरेपछि खान उठेर पानी फाल्न बाध्य भए ।

उनले खानलाई श्रीमतीलाई तह लगाउन नसक्ने तिमी जस्तो फाइटर कसरी विश्व च्याम्पियन भयो । तिमी ट्वीटरमा मात्र च्याम्पियन छौ । जो श्रीमतीका बारेमा हरेक कुरा लेख्छ ।

 

 

यो भन्ने वितिक्कै आमिर खान आफु उठेको सिटबाट हातमा रहेको पानीको बोतल लो ग्रिकोको मुखमा फाले ।

निकै रिसाहा ढंगले उठेका खानलाई सुरक्षाकर्मीले रोक्न त सफल भए तर लो ग्रिकोलाई अप्टेरो महसुस भएको थियो ।

दुई महिनापछि यी दुई फाइटरले रिङमा खेल्नेछन् । २०१६ मा भएको फाइटमा कानेलो अल्भारेजसँग हारेपछि आमीर रिङमा देखिएका छैनन ।

उनकी लो ग्रिनोविरुद्धको फाइटबाट पुनः ब्यवसायिक बक्सिङमा फर्किँदैछन ।

भर्खरै

Advertisement